अर्थ

पेट्रोलियम पदार्थ वितरणमा कोटा प्रणाली लागू

काठमाडौ, ११ असोज । नेपाल आयल निगमले मुलुकभर देखिएको इन्धन अभावलाई व्यवस्थापन गर्न आजबाट कोटा प्रणाली लागु गरेको छ । भारतले सिमा नाकामा अघोषित नाकाबन्दी गरेपछि इन्धनको व्यवस्थापन गर्न कोटा प्रणाली लागू गरेको निगमले जनाएको छ । कोटा प्रणाली अनुसार मोटरसाइकलले हप्तामा ३ लिटर, ४ पांग्रे निजी र सरकारी गाडी तथा ट्याक्सीले एक दिन बिराएर […]

२०७२ आश्विन ११ गते, सोमबार

पेट्रोल ट्याङकर रित्तै फर्किए

काठमाडौं,८ असोज । गएराति पेट्रोलियम पदार्थ भर्न रक्सौल जान गुडेका १३० वटा नेपाली ट्याङकरहरु सीमा क्षेत्रबाट रित्तै नेपाल फिर्ता भएका छन् । तराईमा आन्दोलनरत समूह नेपाल भारतको सिमामा रहेको मितेरी पुलमा धर्नामा बसेपछि भारत प्रवेश गर्ने अवस्था नभएका कारण ट्याङ्कर फिर्ता भएको हो । मध्यामाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका सचिव उत्सव इटेनीका अनुसार इन्डियन आयल […]

२०७२ आश्विन ८ गते, शुक्रबार

राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको हो । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का र १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार […]

२०७२ आश्विन ४ गते, सोमबार

बसमा आगजनी

काठमाडौं,३ असोज । काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले एउटा यात्रु बसमा आगजनी गरेका छन् । दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन । बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका थिए । बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । बसमा लगाइएको आगो […]

२०७२ आश्विन ३ गते, आईतवार

सुपथ मुल्य पसल खोल्ने तयारी

काठमाडौ, २ असोज । सरकारले घटस्थापनाको एक हप्ताअघि एकीकृत सुपथ मुल्य पसल खोल्ने तयारी भैरहेको जनाएको छ । एकीकृत सुपथ मुल्य पसल खोल्नका लागि वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडसँग छलफल गरिरहेको विभागका निर्देशक हरिनारायण वेलवासेले बताए । उनका अनुसार दशै आउन लागेकाले छलफललाई तिब्रता दिइएको […]

२०७२ आश्विन २ गते, शनिबार

थाइ एयरवेजको विमानमा आगलागी

काठमाडौं, १ असोज । बैंककबाट काठमाडौं आएको थाइ एयरवेजको विमानमा आगलागी भएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो विमानको एउटा चक्कामा आगो लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ चक्कामा आगलागी भएको हो । बारुण यन्त्रद्वारा आगो निभाइएको स्रोतले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन […]

२०७२ आश्विन १ गते, शुक्रबार

नेपाल चेम्बर एक्स्पो ०७२ असोज २१ देखि

काठमाडौं। नेपाली औद्योगिक एंव वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले यहि असोज २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमन्डप प्रदर्शनी हलमा ‘नेपाल चेम्बर एक्स्पो २०७२’ को आयोजना गर्ने भएको छ । हालै गएको विनाशकारी भूकम्पले गर्दा देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रहरू सुस्ताइरहेको अवस्थामा […]

२०७२ भाद्र २९ गते, मंगलवार

घटेको भाडादर लागू गर्न अनुगमन

काठमाडौ २८ भदौ । सरकारले सार्वजनिक गाडीमा घटेको भाडादर लागू गर्न अनुगमन थालेको छ । यातायात व्यवस्था विभागले अनुगमनका क्रममा भाडा बढी लिने गाडीलाई कारबाही गर्ने बताएको छ । हिजो ३० वटा गाडीलाई कारबाही गरिएको र आज पनि बिहानैदेखि अनुगमन थालेको विभागले जनाएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन […]

२०७२ भाद्र २८ गते, सोमबार

घटेको भाडादर लागु गर : महासंघ

काठमाडौं,२७ भदौ । यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक गाडीमा घटेको भाडा लागु गर्न सबैलाई परिपत्र गरिसकिएको जनाएको छ । महासंघका महासचिवसरोज सिटौलाका अनुसार केन्द्रबाट सबै अञ्चलमा घटेको भाडा लागु गर्न पत्र पठाइसकिएको छ । तर व्यवसायीले पत्र नपाएको भन्दै पुरानै भाडा दर लिइरहेका छन् । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा गएको […]

२०७२ भाद्र २७ गते, आईतवार

नाडा अटो शो भदौ २९ देखि

काठमाडौँ । नेपाल अटो मोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा भदौ २९ गतेदेखि सवारी साधनको कुम्भ मेला लाग्ने नाडाले जनाएको हो । १२० वटा अवलोकन कक्ष हुने मेलामा विभिन्न ३२ ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ । विगतको नाडा अटो शोभन्दा यस पटकको अटो शो […]

२०७२ भाद्र २६ गते, शनिबार