नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं , २५ पुष । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको छ । गुजरातीलाई तीन किलोग्राम नक्कली सुनसहित आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । […]
२०७६ पुष २५ गते, शुक्रबार