स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्ष गिरफ्तार

काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरी गिरफ्तार गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका कास्कीका अध्यक्ष काजी गुरुङ र कोसाध्यक्ष मोहन बरामलाई विहीबार गिरफ्तार गरेको छ । भित्तेलेखनको क्रममा दुबै जनालाई प्रहरी गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई राम बजार प्रहरी चौकीमा राखिएको छ । नेकपाका जिल्ला सेक्रेटरीसहितका […]

२०७४ आश्विन २६ गते, बिहीबार

आज विश्व बाथरोग दिवस

काठमाडौं, २६ असोज । आज १२ अक्टोबर अर्थात ‘विश्व बाथरोग दिवस’ । ‘ढिला नगरौंः आजै आवद्ध होऊँ’ भन्ने नारा साथ विविध कार्यक्रम गरी यो दिवस मनाइदै छ । विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ । यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने […]

२०७४ आश्विन २६ गते, बिहीबार

सकरपुरामा झाडापखालाको प्रकोप

काठमाडौं, २० असोज । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासी झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् । घर नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले […]

२०७४ आश्विन २० गते, शुक्रबार

डेंगु नियन्त्रण गर्न टोली परिचालन

काठमाडौ, १७ असोज । जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ । सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले […]

२०७४ आश्विन १७ गते, मंगलवार

अनसनरत डा.गजुरेलको स्वास्थ्य अवस्था कमजोर

काठमाडौँ, १६ असोज । आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेशकुमार गजुरेलको स्वास्थ्य अवस्था कमजोर बनेको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर गजुरेल ६ दिनदेखि आमरण अनसनमा बसेका छन । अनसनका कारण उहाँको रक्तचाप मुटु र श्वासप्रश्वासमा समस्या देखिएको उनको स्वास्थ्यको निगरानी गरिरहेका डाक्टरलाई उद्धृत गर्दै आंशिक प्राध्यापक संघका महासचिव केशव […]

२०७४ आश्विन १६ गते, सोमबार

मासु खाँदा सावधानी अपनाउ

काठमाडौं, १२ असोज । वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । […]

२०७४ आश्विन १२ गते, बिहीबार

फार्मेसी काउन्सिलका अध्यक्षलाई कालोमोसो

काठमाडौँ, ११ असोज। योङ फर्मासिष्ट ग्रुप(YPG) नेपालले फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइलाई कालोमोसो दलेको छ । योङ फर्मासिष्ट ग्रुपले हिजो अपरान्ह ४.३० बजे काउन्सिलका अध्यक्ष हुमागाइलाई उनकै कार्यकक्षमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ । अध्यक्ष हुमागाइमाथि मापदण्ड नपुगेका शिक्षण सस्थाहरुलाइ आर्थिक प्रलोभन परि सम्बन्धन दिन स्वीकृति दिएको र मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स […]

२०७४ आश्विन ११ गते, बुधबार

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

काठमाडौं, २ असोज । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसा पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । स्वास्थ्य मन्त्रालयका […]

२०७४ आश्विन २ गते, सोमबार

‘धुलोले मानव स्वास्थ्यमा क्षति पुगे निःशुल्क उपचार’

काठमाडौं, ३१ भदौ । धुलो, धुवाँ, वायु प्रदुषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निश्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ । सरकारी निकायले प्रदुषण नियन्त्रणका लागि तत्काल र दीर्घकालिन रुपमा गर्नुपर्ने कामको सूची नै तोकेर परमादेश जारी भएको हो । वातावरण स्वच्छ राख्ने […]

२०७४ भाद्र ३१ गते, शनिबार

भरतपुर क्यान्सर अस्पतालमा ८० श्यैया थपिदै

काठमाण्डौ , ३० भदौ । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यैया थप गरिने भएको छ । विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यैया सन्चालनमा रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा […]

२०७४ भाद्र ३० गते, शुक्रबार