स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीद्वारा सम्राटलाई तत्काल रिहा नगरे कडा सङ्घर्ष थाल्ने चेतावनी

काठमाडौँ । अखिल क्रान्तिकारीले सो सङ्गठनका चितवन जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ लाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी चितवनका संयोजक रेम्बोर्जे लामाले विज्ञप्ति जारी गर्दै हिरासतमा राखिएका जिल्ला नेता सम्राटलाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै गिरफ्तारीको गम्भीर भत्र्सना पनि गरेका छन् । […]

२०७७ माघ १० गते, शनिबार

६ विद्यार्थी सङ्गठनद्वारा गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

काठमाडौँ । ६ विद्यार्थी सङ्गठनले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन् । गणेशसिंह ऐरी (केन्द्रीय सदस्य, अनेरास्ववियू), वीरेन्द्र शाह (संयोजक, अखिल (क्रान्तिकारी) सेती–महाकाली), उमेश बिष्ट (केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज, रा प्र वि सङ्घ), भरत लिसानी (केन्द्रीय सचिव, समाजवादी विद्यार्थी युनियन), पुष्कर जोशी (केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी) र पुष्कर भट्ट […]

२०७७ माघ ७ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा मदन चन्दलगायतलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल क्रान्तिकारीले सो संगठनका केन्द्रीय सदस्य मदन चन्दलगायत गिरप्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विना शर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिन बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार र गृहप्रशासन हुनेबताएका छन ।

२०७७ माघ ६ गते, मंगलवार

संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारबीच १९ बुँदे सम्झौता

काठमाडौँ । संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ । आइतबार बेलुकी १९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोभिड—१९ लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ । साथै कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्तिस्वरुप रु २५ लाखसम्म उपलब्ध […]

२०७७ माघ ५ गते, सोमबार

सरकारद्वारा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो ।भारतमो उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा […]

२०७७ माघ ३ गते, शनिबार

विद्यार्थीको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक’

‘काठमाडौँ । अखिल क्रान्तिकारीले यहि पौष २६ गते मध्यपश्चिम बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्व बिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफ्ना जायज मागहरू बिश्वबिद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकार माथि धावा बोलिनु अत्यन्तै खेदजनक भएको बताएको छ ।अखिल क्रान्तिकारीका कर्णाली ब्युरो संयोजक हर्कबहादुर बि क ले विज्ञप्ति […]

२०७७ पुष २८ गते, मंगलवार

जाडो याममा फाइबरयुक्त खाना उपयुक्त

काठमाडौँ । जाडोमा स्वास्थ्य रहनका लागि फाइबरयुक्त खाना खानु उपयुक्त भएको स्वास्थ्यविज्ञको सुझाब रहेको छ । स्वास्थ्य विज्ञका अनुसार फाइवरयुक्त खानाले शरीरमा धेरै फाइदा पुर्याउनुका साथै मोटोपन तथा सुगर घटाउन, हृदयघातबाट बचाउन, कब्जियत हुन नदिन तथा क्यान्सरको जोखिम कम गर्न सहयोग पु¥याउँदछ । चिसोको मौसममा शरीरमा चाहिने आवश्यक पोषक तत्व नमिल्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या […]

२०७७ पुष २७ गते, सोमबार

विद्यालय नगई तलव खाने शिक्षक अखिल क्रान्तिकारीको फन्दामा

काठमाडौं । अखिल (क्रान्तिकारी) बाँकेले कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाही गरेको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उस्थित नभएर एकै पटक हाजिर गरेर तलव बुझ्ने गरेको गुनासो विगत लामो समय […]

२०७७ पुष २५ गते, शनिबार

अखिल क्रान्तिकारीद्धारा पाठ्यक्रम अन्यौलताको विरुद्ध प्रदशन

काठमाडौं । अखिल (क्रान्तिकारी) रुपन्देहीले कक्षा ११ को पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । सडक प्रदर्शनमा विद्यार्थीहरुद्वारा व्यवहारिक शिक्षा प्रदान गर, शैक्षिक माफिया होसियार, वैज्ञानिक शिक्षा प्रणाली शिक्षा लागू गर लगायतका नारा गुन्जिरहेको थियो । अखिल ( क्रान्तिकारी ) रुपन्देहीका जिल्ला सहसचिव पारस राहादी मगरले “नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ सर्वोच्चले अदालतले […]

२०७७ पुष २४ गते, शुक्रबार

केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिद्वारा संघर्षकाे घाेषणा

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान, केन्द्रीय आयुर्वेद विद्यापीठका सम्पुर्ण विद्यार्थीहरूले अाफ्ना मागलाई ध्यान नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउदै संघर्षको कार्यक्रम घाेषणा गरेका छन् । केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूको प्राविधिक र स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गैरजिम्मेवार रूपले हेर्ने प्रयास गरिएको भन्दै घोर निन्दा प्रकट गर्दै […]

२०७७ पुष २२ गते, बुधबार