स्वास्थ्य / शिक्षा

प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको मृत्यु

काठमाडौं , २५ चैत । यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ? कथा सुरु हुन्छ सिन्धुपाल्चोकको बाह्रबिसेबाट । नाम मात्र सरस्वती, तर उनले विद्यालय गएर ज्ञान लिन पाइनन् । किनकि घरमा ‘लक्ष्मी’कै अभाव थियो । १४ वर्षमै बिहे भयो, १५ वर्षमा उनी आमा भइन् । छोरी […]

२०७६ चैत्र २५ गते, मंगलवार

कोरोना मानिसबाट जनावरमा सर्यो

काठमाडौं, २४ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारीको सामना गरिरहेको समयमा अर्को खराब खबर आइपुगेको छ । मानिसबाट मानिसमा सरिरहेको भाइरस अब मानिसबाट जनावरमा पनि संक्रमण भएको हो । अमेरिकाको न्यूयोर्कमा मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक एउटा बाघ विरामी परेको खबर छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार एउटा बाघलाई कोभिड–१९ भएको जानकारी दिएका […]

२०७६ चैत्र २४ गते, सोमबार

अखिल क्रान्तिकारीद्धारा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न माग

काठमाडौँ, २२ चैत । नेकपा निकट अखिल क्रान्तिकारीले विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी मेचीकोशी क्षेत्रीय समन्वय समितिले कोरोना भाईरसको संक्रमणको महामारीका कारण विदेशमा पढ्न गएका विद्यार्थीहरु समस्यामा परेको भन्दै उनीहरुको अवस्था बुझेर समस्या समाधान गर्न सरकारसगँ माग गरेको हो । संगठनका मेचीकोशी क्षेत्रीय सयोजक पुष्प […]

२०७६ चैत्र २२ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा नौ बुंदे माग

काठमाडौँ, २२ चैत । अखिल क्रान्तिकारीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन सरकारले ठोस कार्य नगरेको भन्दै आकोश व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल आज एक विज्ञप्ति जारी गर्दै सो आकोश व्यक्त गरेका हुन् । अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना भाईरसको महामारीको जोखिम […]

२०७६ चैत्र २२ गते, शनिबार

‘आमनागरिक र विद्यार्थीको बाँच्न पाउने अधिकार सुनिश्चित गर’

काठमाडौं, २१ चैत । अखिल (क्रान्तिकारी)ले आमनागरिक र विद्यार्थीको बाँच्न पाउने अधिकार सुनिश्चित गर माग गरेको छ । अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले ९ बुँदे ध्यानाकर्षणपत्रसहितको विज्ञप्ति जारी गर्दै विद्यार्थीको एक महिनाको घरभाडा छूट गर्नेदेखि श्रमिकहरूको जीवनरक्षा गर्नेसम्मका माग अघि सारेको छ । अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोका संयोजक वीरेन्द्र शाहद्वारा बिहीबार जारी ध्यानाकर्षपत्रमा आफ्नो […]

२०७६ चैत्र २१ गते, शुक्रबार

कोरोनाविरुद्ध औषधि: ‘क्लिनिकल परीक्षण’ सुरु

काठमाडौँ, १९ चैत । जापानको फुजिफिल्म तोयामा नामक कम्पनीले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालिएको छ ।bटोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधि परिक्षण गरिने अधिकारीहरुले जनाएका छन् । फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधिका बारेमा आइची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी […]

२०७६ चैत्र १९ गते, बुधबार

कोरोना जाँचको नतिजा एक घण्टामै !

काठमाडाैँ, १८ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले जो […]

२०७६ चैत्र १८ गते, मंगलवार

हेटौँडाबाट पनि कोराना भाइरसको परीक्षण हुने

काठमाडाैं, १७ चैत । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो । यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि […]

२०७६ चैत्र १७ गते, सोमबार

कोरोना संक्रमितको उपचारमा लापरवाही

काठमाडौं , १६ चैत । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको कोठामै डाक्टर छिर्न नमानेको पाईएको छ । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको ती युवाले बताए । ‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी आएनन् । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चारजना झुल्किएका थिए, तर चेकजाँच […]

२०७६ चैत्र १६ गते, आईतवार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५५ पुगेको छ । अहिलेसम्म विश्वभर ६ लाख ६३ हजार १६८ जना कोरोनाबाट संक्रमित भएका छन् […]

२०७६ चैत्र १६ गते, आईतवार