स्वास्थ्य / शिक्षा

स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

काठमाडौं, ६ फागुन । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

इपीएस परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव

काठमाडौं, ५ फागुन । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव नेपालले अघि सारेको छ । चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाले जानाएको छ । शाखाका अनुसार यो पटकबाट अनलाइनबाटै […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

नातिसंगै ‘कखरा’ सिक्दै !

काठमाडौं, ३ फागुन । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ । एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै हुनुहुन्छ । उहाँ […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

भरतपुर अस्पतालमा तनाव

काठमाडौँ, २९ माघ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा शनिबार अस्पतालमा तनाव सिर्जना भएको छ । अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुनसक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । […]

२०७३ माघ २९ गते, शनिबार

आमाबाबुको गल्तीले छोराछोरीलाई सास्ती

काठमाडौं, २९ माघ । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका । तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ । सल्यानटार–१ […]

२०७३ माघ २९ गते, शनिबार

देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, २८ माघ । स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनहरु संयुक्त समन्वय समितिमार्फत् दबाबमूलक कार्यक्रम गर्दै […]

२०७३ माघ २८ गते, शुक्रबार

विवाह गर्न २० वर्ष पुग्नुपर्ने

काठमाडौँ, २७ माघ । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो । समितिबाट पारित विधेयक अब संसद्मा प्रतिवेदनसहित पेस हुनेछ । संसद्मा पेस भएको विधेयक छलफलपछि पारित हुनेछ । सरकारले पेस गरेको विधेयकमा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय अभ्याससमेत […]

२०७३ माघ २७ गते, बिहीबार

स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी

काठमाण्डौ ,२६ माघ । नेकपा (माओवादी)निकट अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । त्रिभुवन बिश्वबिद्धालयले बिद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने ब्यवहारमा बिभेद गरेको , फर्जी बिद्यार्थी भर्ना लाइ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागी उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि […]

२०७३ माघ २६ गते, बुधबार

प्रदूषणका कारण ११ . ६ प्रतिशतको मृत्यु

काठमाडौं, २५ माघ । वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मुख […]

२०७३ माघ २५ गते, मंगलवार

मध्य चैतसम्म सबैतिर पाठ्यपुस्तक पुर्याउने दाबी

काठमाडौं, २४ माघ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले आगामी चैत १५ गतेसम्म सबैतिर पाठ्यपुस्तक पुर्‍याइसक्ने दाबी गरेका छन् । उनले ९३ लाख पुस्तक छापी सकिएको र १२ लाख पुस्तक छपाइ प्रक्रियामा रहेको बताए । कर्णाली अञ्चलका तीन जिल्ला तथा मनाङ र मुस्ताङमा पहिलो चरणमा पुस्तक पुर्‍याउने र बाँकी जिल्लामा चैत १५ सम्ममा पुर्‍याइसक्ने उनले […]

२०७३ माघ २४ गते, सोमबार