Main Banner

‘वैज्ञानिक समाजवाद अपरिहार्य’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली श्रमिकवर्ग, जनताको पूर्ण मुक्ति एवं राष्ट्रिय स्वाधीनताका लागि नेपालबाट दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य रहेको बताएका छन । महासचिव विप्लवले१३३ औं मई दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –’ हामीलाई […]

२०७९ बैशाख १८ गते, आईतवार

‘देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गरौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको छ । सो पार्टीका महासचिव विप्लवले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।महासचिव विप्लवको अपिलमा भनिएको छ – ‘ हामीले समर्थन गरेका प्रतिनिधिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध स्थानीय तहबाट जुन […]

२०७९ बैशाख १८ गते, आईतवार

गुण पहिचान गर्ने क्षमता राख

यतिबेला हाम्रो पार्टीमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टीप्रति आकांक्षा राख्ने श्रमजीवि जनतालाई दुःखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बीचका खेलाडीहरुलाई रोमान्स अनुभूति भएको होला । सिद्धान्तका डिङ हाक्नेहरुलाई यो बेला आपूmलाई बिक्न निकै सहज बनेकै छ । आमजनता हामीलाई आशाको नजरले हेर्छन । हाम्रो नीति र हाम्रो […]

२०७९ बैशाख १६ गते, शुक्रबार

नेकपाद्वारा सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ” सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न वैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी […]

२०७९ बैशाख १४ गते, बुधबार

नेकपा कालीकोटद्वारा नौ वटै पालिकामा उम्मेदवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले स्थानीय निर्वाचनमा नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ। सो पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूले समेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसैक्रममा कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा एटम बीसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन् भने रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी […]

२०७९ बैशाख १३ गते, मंगलवार

बहसको सट्टा तुच्छ विवाद किन ?

  नेपाल कम्युनिष्ट पार्टीभित्र एउटा तुच्छ विवाद कायम छ, त्यो हो सरकारले गर्न लागेको चुनावको प्रयोग वा बहिष्कार । आवश्यकता थियो एउटा महान् बहस ग¥यौँ भन्नेहरूले गरेका पछिल्लो भेटघाटहरूले पनि वास्तविकतालाई केही मात्रामा रहस्योद्घाटन गरिदिएका हुन् । हुँदाहुँदा विप्लव र प्रकाण्ड गद्दार अनि प्रचण्ड महान् भन्नेहरूको तर्क सुन्दा अनौठो लाग्छ । यो विवाद मित्रतापूर्ण थिएन […]

२०७९ बैशाख १२ गते, सोमबार

नेपाल कम्युनिष्ट पार्टीको धैर्यतालाई नजरअन्दाज नगर

सरकारले यही वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरे बमोजिम आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुन् लागेको छ । तर, सरकारले करिब चौध महिना अघि तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको नेपाल कम्युनिष्ट पार्टीलाई स्थानीय निर्वाचनमा सहभागी हुने सहज वातावरण बनाएन, जुन सरकारको ठूलो कमजोरी हो भने नेकपाले स्थानीय निर्वाचन प्रयोग गर्ने […]

२०७९ बैशाख ११ गते, आईतवार

बुर्जुवा व्यवस्थाको निर्वाचनको क्रान्तिकारी प्रयोग

वैज्ञानिक समाजवादी क्रान्ति अनिवार्य छ । यो ऐतिहासिक कार्यभारबाट नेपाल कम्युनिस्ट पार्टी र यसको मूल नेतृत्व कत्ती पनि बिचलित भएको छैन र हुन पनि सक्दैन । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको बाह्रौँ पूर्ण बैठकले सर्वसम्मत पारित गरेको दस्तावेजलार्ई अक्षरश अध्ययनपछि मात्र टिकाटिप्पणी गरौँ । एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत् दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी राज्य […]

२०७९ बैशाख ११ गते, आईतवार

लिनप्याओवादका विरुद्ध संघर्ष

नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठक असामान्य चर्चामा रहेको थियो । क्रान्तिकारी र देशभक्त धाराको नेतृत्वदायी शक्ति हुनु र यसका निर्णयहरुले देशको राजनीति प्रभावित हुने भएको कारण सञ्चार र बौद्धिक जगत्को ध्यानाकर्षण गरेको थियो । अर्कोतिर कार्यदिशा बुझ्न नसकेका र खराब नियत भएका कतिपय तत्वहरुले पार्टी एकता र पार्टी पद्धतिविरोधी खेलोमेलो गरिरहेका थिए । […]

२०७९ बैशाख ९ गते, शुक्रबार

‘तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नुपर्छ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय चुनावबारे पार्टीले अगाडि सारेको कार्यनीतिलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नुपर्ने बताएका छन् । महासचिव विप्लवले एक आलेखमार्फत सो धारणा व्यक्त गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको १२ औँ बैठकले लिएका केही महत्त्वपूर्ण र दूरगामी निर्णयबारे विभिन्न बुझाइ र क्रियाप्रतिक्रियाहरु उत्पन्न भैरहेको बेला पार्टीका निर्णयलाई प्रष्ट […]

२०७९ बैशाख ८ गते, बिहीबार