Main Banner

अखिल (क्रान्तिकारी)मोरंगद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) मोरंग जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण मोरंग जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना […]

२०७७ आश्विन ६ गते, मंगलवार

डा. भट्टराईद्वारा सरकार कानमा तेल हालेर बसेको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन । चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएर चिन्तित बनेका व्यवसायीलाई भेटेपछि उनले सो आरोप लगाउदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।चीनबाट आयात गर्न लागिएका अर्बौको सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेकामा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘छिमेकी चीनबाट […]

२०७७ आश्विन ६ गते, मंगलवार

पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ सहित ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । काठमाडौं उपत्यकामा थपिएका ६ सय ७४ जनामध्ये काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र […]

२०७७ आश्विन ५ गते, सोमबार

नेकपाद्वारा तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न माग गरेका हुन् ।त्यस्तै झापाका विभिन्न […]

२०७७ आश्विन ५ गते, सोमबार

बिभिन्न विद्यार्थी सङ्गठनद्वारा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

काठमाडौँ । ६ विद्यार्थी सङ्गठनले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको र शैक्षिक सत्र खेर जाने देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् । कैलालीमा क्रियाशील ती सङ्गठनहरूको बैठकले कोरोनाकै कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुर, कोठाभाडा […]

२०७७ आश्विन ५ गते, सोमबार

दलित मुक्ति मोर्चाद्वारा केन्द्रीय सदस्य लकान्द्रीको सदस्यता खारेज

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवम् मेची क्षेत्रीय समिति संयोजक मोहन लकान्द्रीलाई मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वैचारिक रूपमा विचलन भई पलायन भएका लकान्द्री विगत करिब एक वर्षदेखि पार्टीको छानबिनमा रहेको र उनमा थप वैचारिक विचलन पैदा […]

२०७७ आश्विन ३ गते, शनिबार

चार किसान सङ्गठनद्वारा ‘एमसीसी’ नलाद्न चेतावनी

काठमाडौँ । मुलुकमा किसान हकहितमा क्रियाशील चारवटा किसान सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रियताविरुद्धको राष्ट्रघाती अमेरिकी परियोजना नलाद्न सरकारलाई चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष/इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष कृष्ण रानाले […]

२०७७ आश्विन ३ गते, शनिबार

अखिल (क्रान्तिकारी) ईलामद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) ईलाम जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण ईलाम जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना […]

२०७७ आश्विन ३ गते, शनिबार

‘यथास्थितिमा निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन हुन सक्दैन’

काठमाडौँ । राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले सरकारले अगामी असोज २४ गते निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड १९) बाट देश नै आक्रान्त र जनता भयभीत भइरहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू जनसेवामा समर्पित हुनुपर्ने बेला र देशको यस्तो विषम परिस्थितिमा सरकार आफैँले भेला, सम्मेलन, तालिम […]

२०७७ आश्विन २ गते, शुक्रबार

नेकपाका नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना सङ्क्रमण भएको बताइएको छ । गत भदौ २६ गते सर्वोच्च अदालतले जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न दिएको आदेश लत्याउँदै प्रहरीले ‘वीरजङ्ग’ लाई अदालत परिसरवाटै पुनः गिरफ्तार गरि सुनसरी पुर्याएको थियो । बिभिन्न झूट्टा मुद्दा लगाएर हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका नेता वीरजङ्गलाई […]

२०७७ आश्विन २ गते, शुक्रबार