मुख्य समाचार

डा. केसीका पक्षमा सामूहिक सत्याग्रह

काठमाडौं, ६ साउन । नागरिक समाजका अगुवाहरुले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थाल्ने भएका छन । सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ । जहाँ आम नागरिक सहभागिता बन्नेछ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको […]

२०७५ श्रावण ६ गते, आईतवार

पाटन क्याम्पसको अध्यक्षमा ललितजंग

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस इकाईको अध्यक्षमा ललितजंग निर्वाचित भएका छन । हालै सम्पन्न सम्मेलनले ललितजंग बमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । सम्मेलनले उपाध्यक्षमा उमेश कोइराला, सचिवमा रविन न्यौपाने, सहसचिवमा सविन्द्र देउला र कोषाध्यक्षमा दुर्गाप्रसाद मौरियालाई निर्वाचित गरेको छ । संगठनका महासचिव प्रकाश […]

२०७५ श्रावण ५ गते, शनिबार

गुठी संस्थानका कर्मचारी घुससहित पक्राउ

काठमाडौं, ४ साउन । गुठी संस्थान शाखा कार्यालय जलेश्वर महोत्तरी अन्तरगतको असुली फाँटका ४५ वर्षीय सहायक कर्मचारी जयकुमार शर्मा ३५ हजार घुस लिदैं गर्दा कार्यालयबाटै अख्तियारको फन्दामा परेका छन । उनि सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । मठिहानी नगरपालिकाका एक जना […]

२०७५ श्रावण ४ गते, शुक्रबार

चार मजदूर संगठनद्वारा चरणवद्ध आन्दोलनको घोषणा

काठमाडौं, ४ साउन । सरकारले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिकले आम मजदूरहरुलाई अपमान गरेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । शुक्रबार संवाद डबलीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन […]

२०७५ श्रावण ४ गते, शुक्रबार

डा केसीसँगको वार्ता अनिश्चित

काठमाडौं, ४ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौं ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको […]

२०७५ श्रावण ४ गते, शुक्रबार

डा. केसीको मागबारे ओली र प्रचण्डबीच मतभेद

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका मागबारे ओली र प्रचण्डबीच मतभेद भएको छ । प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत पूर्व एमालेका नेताहरू अनुदार बनिरहेकाे बेला अर्का नेता प्रचण्डलगायत नेताहरूले भने डा. केसीकाे माग जायज रहेको बताएका छन् । सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक […]

२०७५ श्रावण ४ गते, शुक्रबार

डा. केसी काठमाडौँ आउन सहमत

काठमाडौँ, ३ साउन । सरकारले आफ्ना समर्थक विद्यार्थी माथि धरपकड शुरु गरेपछि अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।यसअघि सरकारले बारम्बार आग्रह गरीरहँदा माग पुरा नभएसम्म काठमाडौं नफर्कने अडानमा बसेका के. सी.ले ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भनेको उनी सँगै रहेका डा. विषाद दहालले जानकारी दिएका हुन् । बीस दिनदेखि […]

२०७५ श्रावण ३ गते, बिहीबार

देशभरका स्वास्थ्य संस्था बन्द

काठमाडौँ, ३ साउन । आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता पनि केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै सेवा बन्द गर्ने घोषणा गरेको हो । संघको विज्ञ टोलीले चिकित्सा शिक्षा र […]

२०७५ श्रावण ३ गते, बिहीबार

वडाध्यक्षलाई तत्काल राजिनामा दिन चेतावनी

काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद गुल्मीले छत्रकोट गाउपालिका वार्ड नं.४का वडाध्यक्ष डिलाराम न्यौपानेलाई तत्काल राजिनामा दिन पत्राचार गरेको छ । जनपरिषद प्रमुख प्रशान्त बरालले बाटो नबनाई रु.९०००००को फर्जी बिल पेश गरेर उक्त रकम हिनामिना गरेको जनगुनासो जनसत्तामा आएकोले तत्काल राजिनामा दिन र नदिएमा जनताले उत्पन्न गर्ने परिस्थितिको सामना गर्न पनि चुनौती […]

२०७५ श्रावण २ गते, बुधबार

बागबानी बिकास अधिकृतलाई कालोमोसो !

काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले डोटीले बागबानी बिकास अधिकृत कृष्णदत्त पाण्डेलाई कालोमोसो दलेको छ । शिखर नगर पालिका कृषि इकाई कार्यालयका अधिकृत पाण्डेले चरम आर्थिक अनियमितता गरेकोले कालोमोसो दलेको बताइएको छ । पाण्डेले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो । जनपरिषद्ले छोडेको पर्चामा मिक्स […]

२०७५ श्रावण २ गते, बुधबार