मुख्य समाचार

‘वाम गठबन्धन , स्याललाई रंग दलेर बनाईएको बाघ जस्तै हो’

काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एमाले र माओवादीको गठबन्धन स्याललाई रंग घसेर बनाईएको बाघ जस्तो भएको बताएका छन । गए राति एभिन्युज टेलिभिजनमा दिईएको अन्तवार्तामा महासचिव विप्लवले एमाले सत्ताबाट बाहिर बस्नु पर्ने डरले र माओवादी आफ्नो अस्थित्व संकटमा पर्ने खतराका कारण बाध्य भएर यो गठबन्धन गरेको ठोकुवा गरे । जतिसुकै बाम […]

२०७४ कार्तिक १४ गते, मंगलवार

‘क्रान्तिद्धारा बैज्ञानिक समाजवाद ल्याउनुको विकल्प छैन ‘

काठमाडौ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले दमन गरेकै कारण यो क्षेत्र क्रान्तिको लालकिल्ला बनेको बताएका छन् । आसन्न प्रदेश तथा संघको निर्वाचन खारेजी अभियानको क्रममा कालिकोटमा भएको आम सभालाई संवोधन गर्दै प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले चरम विभेद गरेकाले जनयुद्धमा आम मानिस सहभागी भएको बताए । कर्णालीबाट जनताको मत लिएर जाने […]

२०७४ कार्तिक १३ गते, सोमबार

नेकपाबाट भ्रष्टहरूको भागाभाग

काठमाडौ, १२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले पार्टीभित्र सुद्धिकरण अभियान सुरु गरेपछि भ्रष्ट नेता र कार्यकताहरूको भागाभाग सुरु भएको छ । पार्टीले एकीकृत जनक्रान्तिलाई खरो रूपमा ब्यबहारमा उतार्न थाले पछि उनीहरूको भागाभाग सुरु भएको हो । यसरी भागाभाग पर्नेहरूमा केन्दीय सदस्य शरद सिंह भण्डारी, झकबहादुर मल्ल, राजेन्द्र कार्की, टेक बहादुर बलम्पाकी, पुष्प नेउपाने लगायत रहेका […]

२०७४ कार्तिक १२ गते, आईतवार

‘नेपालको राष्ट्रियतामा सर्वाधिक खतरा’

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोलाले नेपालको राष्ट्रियता सर्वाधिक खतरामा रहेको बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । उनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि देशभक्त नेपाली जनता र […]

२०७४ कार्तिक ११ गते, शनिबार

मुक्तिको लागि विद्रोहमा उत्रिन आह्वान

काठमाडौं , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन आम जनतालाई आह्वान गरेका छन । नेकपाद्वारा काठमाडौंको खुला मञ्चमा आयोजित अक्टोवर क्रान्तिको शतवार्षिकी दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित भन्दै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलाली बाट मुक्त हुन […]

२०७४ कार्तिक ८ गते, बुधबार

‘नेकपाबिरुद्ध दुश्प्रयास गर्नेको टाउको जनताले गिडेर टुँडीखेलमा ल्याउछ्न ‘

काठमाडौं , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीलाई दमनबाट सिध्याउन दुश्साहस गर्नेको टाउको जनताले गिडेर टुंडीखेलमा ल्याउने चेतावनी दिएका छन् । नेकपाद्धारा आज राजधानीमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा आयोजित कार्यक्रमलाई उद्घोषण गर्ने क्रममा प्रवक्ता प्रकाण्डले उक्त उदघोष गरेका हुन् । साथै प्रवक्ता प्रकाण्डले बर्तमान सरकार र प्रधानमन्त्रि शेरबहादुर देउवालाई आफ्नो […]

२०७४ कार्तिक ८ गते, बुधबार

नेकपाको जनप्रदर्शन मध्यान्ह १२ बजेदेखि

काठमाडौं , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको शतवार्षिकीका अवसरमा आज काठमाण्डौमा बिशाल जनसभा तथा जनप्रदर्शन गर्दैछ । महान अक्टोवर क्रान्ति जिन्दावाद , कथित संसदीय निर्वाचन खारेज गरौ , सम्पूर्ण क्रान्तिकारीहरु एक हौँ , भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गर , शान्ति सम्बृद्धि , स्वाधिनताका लागी बैज्ञानिक समाजवाद जस्ता नाराका साथ भोली गर्न लागिएको […]

२०७४ कार्तिक ८ गते, बुधबार

अक्टोवर क्रान्तिको शतवार्षिकीका अवसरमा बिशाल जनसभाको आयोजना

काठमाडौं , ७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको शतवार्षिकीका अवसरमा भोली काठमाण्डौमा बिशाल जनसभा तथा जनप्रदर्शनको आयोजना गरेको छ । महान अक्टोवर क्रान्ति जिन्दावाद , कथित संसदीय निर्वाचन खारेज गरौ , सम्पूर्ण क्रान्तिकारीहरु एक हौँ , भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गर , शान्ति सम्बृद्धि , स्वाधिनताका लागी बैज्ञानिक समाजवाद जस्ता नाराका साथ भोली […]

२०७४ कार्तिक ७ गते, मंगलवार

नेकपाद्वारा विशाल जनसभाको आयोजना

काठमाडौँ , ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले भोलि कात्तिक ८ गते काठमाडौँको खुल्लामन्चमा विशाल जनसभाको आयोजना गर्ने बताएको छ । अक्टोबर क्रान्तिको सतवार्षिकीको अवसरमा सो जनसभाको आयोजना गरिएको नेकपाका प्रवक्ता प्रकाण्डले जनाएका छन । अक्टोबर क्रान्तिका दिन क्रान्ति र जनतालाई एकाकार गरेर जिवन्त रुपमा मनाउन सो सभा आयोजना गरिएको उनले बताए । सभालाई पार्टीका […]

२०७४ कार्तिक ७ गते, मंगलवार

१९ औं विश्व युवा तथा विद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौँ , ५ कात्तिक । १८३ देशका २५००० वामपन्थी युवा तथा विद्यार्थीहरुको सम्मेलन रुसको सोची शहरमा २१ अक्टोबरका दिन सम्पन्न भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त कार्यक्रमको समापन गरेक हुन । विश्वका १८३ देशका २५००० युवा तथा विद्यार्थीहरुले सम्मेलनमा सहभागीता जनाएका थिए । सन १९५७ देखि सुरु भएको यो कार्यक्रम विभिन्न वामपन्थी देशहरुमा आयोजना […]

२०७४ कार्तिक ५ गते, आईतवार