राजनीति

‘ गिरफ्तार नेता–कार्यकर्ता र सर्वसाधारणलाई रिहा गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आफ्नो पार्टीका जिल्ला सदस्य गुणसिंह रुम्बा र साधारण जनता दिनेश लामालाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ ।नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमिनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण र रोकथाममा असफल बनेको सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने र दुःख दिने गरेको भन्दै उक्त कार्यको भत्र्सना […]

२०७७ आश्विन ५ गते, सोमबार

वामदेवलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले जानकारी दिए । […]

२०७७ आश्विन ५ गते, सोमबार

नेकपाद्वारा तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न माग गरेका हुन् ।त्यस्तै झापाका विभिन्न […]

२०७७ आश्विन ५ गते, सोमबार

संविधान दिवस सबैले खुशीसाथ मनाए भन्नु हास्यास्पद !

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले राज्यले संविधान दिवस सबैले खुशीसाथ मनाइरहेका छन् भन्नु हास्यास्पद भएको बताएको छ ।दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष बिश्वकर्माले दलित समुदायमाथि भइरहेका यसप्रकारका अन्याय र अत्याचार बीच राज्यले संविधान दिवस सबैले खुशीसाथ मनाइरहेका छन् भन्नु […]

२०७७ आश्विन ४ गते, आईतवार

नेकपाको नाममा चन्दाको धन्दा चलाउने फन्दामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा माग्ने काभ्रे पाँचखाल नगरपालिका वडा नं. ७ का विनोद मिजारलाई नेकपाको फन्दामा परेका छन । काभ्रेको पाँचखालमा रहेका विभिन्न व्यवसायी र ठेकेदारसँग विगत लामो समयदेखि धम्की दिँदै आफू नेकपाको कार्यकर्ता हुँ भनी मोटो रकम माग गरेको पाइएकाले उनलाई पक्राउ गरी चेतावनीसहित छाडिएको काभ्रे पार्टी इन्चार्जले […]

२०७७ आश्विन ४ गते, आईतवार

दलित मुक्ति मोर्चाद्वारा केन्द्रीय सदस्य लकान्द्रीको सदस्यता खारेज

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवम् मेची क्षेत्रीय समिति संयोजक मोहन लकान्द्रीलाई मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वैचारिक रूपमा विचलन भई पलायन भएका लकान्द्री विगत करिब एक वर्षदेखि पार्टीको छानबिनमा रहेको र उनमा थप वैचारिक विचलन पैदा […]

२०७७ आश्विन ३ गते, शनिबार

चार किसान सङ्गठनद्वारा ‘एमसीसी’ नलाद्न चेतावनी

काठमाडौँ । मुलुकमा किसान हकहितमा क्रियाशील चारवटा किसान सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रियताविरुद्धको राष्ट्रघाती अमेरिकी परियोजना नलाद्न सरकारलाई चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष/इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष कृष्ण रानाले […]

२०७७ आश्विन ३ गते, शनिबार

‘असोज ३ कालो दिन’

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले नेपालक‍ो राजनीतिक क्षितिजमा असोज ३ गतेको दिनलाई मुक्तिकामी नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै कालो दिनका रुपमा लिने प्रतिबद्धता जाहेर गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो प्रतिबद्धता गरेका हुन् ।यस बिषयमा अध्यक्ष केसीद्वारा ‘असोज ३ गते […]

२०७७ आश्विन ३ गते, शनिबार

‘यथास्थितिमा निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन हुन सक्दैन’

काठमाडौँ । राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले सरकारले अगामी असोज २४ गते निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड १९) बाट देश नै आक्रान्त र जनता भयभीत भइरहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू जनसेवामा समर्पित हुनुपर्ने बेला र देशको यस्तो विषम परिस्थितिमा सरकार आफैँले भेला, सम्मेलन, तालिम […]

२०७७ आश्विन २ गते, शुक्रबार

नेकपा नवलपुरद्वारा जिल्लाभर वालपेन्टिङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाभरि वाल पेन्टिङ गरेको छ । जिल्लाका १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको नेकपाले जनाएको छ । गाउँ–टोल अभियानअन्तर्गतको भेटघाटमा नेकपाका नेता, कार्यकर्ता, जिल्ला जनपरिषद्, युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), स्थानीय बासिन्दाको सहभागितामा जिल्लाभर वाल पेन्टिङ गरिएको जनाइएको छ । जिल्लास्थित सरकारी कार्यालय, स्थानीय निकाय, बन कार्यालय, प्रतीक्षालय, […]

२०७७ आश्विन १ गते, बिहीबार