राजनीति

अनेमसङ्घ (क्रान्तिकारी)को महासचिव भृकुटीद्वारा हिरासतबाट श्रमिक महिला दिवसको शुभकामना

काठमाडाैं, २५ फागुन । श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड गर्दै आफ्नो निहित स्वार्थका लागि मनोरञ्जनको साधन बनाएका छन् । सर्वहारावर्गीय […]

२०७६ फाल्गुन २५ गते, आईतवार

जनयुद्धका शहीदहरुको तस्वीर सहितको बोर्ड प्रहरीले हटायो

काठमाडौं , २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी स्याङजाले राखेको जनयुद्धका शहीदहरुको तस्वीर सहितको बोर्ड प्रहरीले हटाएको छ । शहीद सप्ताहको अवसर पारेर हिजो भालु पहाडमा राखिएको यो बोर्ड प्रहरीले हटाएको नेकपा स्याङजाका ईन्चार्ज जंग बहादुर भण्डारीले जानकारी दिए ।हिजो राखेको बोर्ड तीन घण्टा पछि नै प्रहरीले लडाएर प्रहरीले लगेको उनले बताए । जनयुद्धका शहीदको […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

राष्ट्रिय सभाका १८ जना सदस्यले शपथ लिदै

काठमाडौं , २१ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज बिहान ११ बजे नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम छ । गत माघ ९ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा नेकपाका १६ र राजपाको दुई गरी १८ सांसद निर्वाचित भएका थिए । यसरी निर्वाचित हुनेमा नेकपाबाट इन्दिरा गौतम, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, […]

२०७६ फाल्गुन २१ गते, बुधबार

राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकिँदै

काठमाडौं , २० फागुन । आज राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडासहितको आज राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिन लागेको राष्ट्रियसभा सचिवालयले जनाएको छ । सोमबार कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर […]

२०७६ फाल्गुन २० गते, मंगलवार

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै विधेयक दर्ता

काठमाडौं, १९ फागुन । पूर्वकानूनमन्त्री तथा सांसद शेरबहादुर तामाङले संसदमा गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै प्राइभेट बिल (गैरसरकारी विधेयक) दर्ता गराएका छन । प्रतिनिधि सभाको विधेयक शाखामा तामाङले गाँजा विधेयक दर्ता गराएका हुन् । तामाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो। विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै तामाङले […]

२०७६ फाल्गुन १९ गते, सोमबार

अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाउन आह्वान

काठमाडाैँ, १९ फागुन । ‘श्रमिक महिला मुक्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौँ, ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले अाठ मार्चकाे अपिल जारी गरेको छ । वर्तमान दलाल राज्यव्यवस्थाबाट नेपाली महिला र उत्पीडित जनसमुदायको हकअधिकार स्थापित हुन […]

२०७६ फाल्गुन १९ गते, सोमबार

देउवाद्वारा १३ केन्द्रीय विभागका प्रमुख मनोनयन

काठमाडाैँ, १८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा […]

२०७६ फाल्गुन १८ गते, आईतवार

पूर्व-राज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय, ६७ करोड ३८ लाख बिगो र जरिवाना

काठमाडाैँ, १६ फागुन । विशेष अदालतले पूर्वराज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’ लाई ४ वर्ष कैद सजायको फैसला गरेको छ । विशेष अदालतले साहमाथि दुई फरक आर्थिक अपराधका मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला गरेको हो । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा गरी ३३ करोड ६९ लाख रुपैयाँ […]

२०७६ फाल्गुन १६ गते, शुक्रबार

प्रधानमन्त्री ओली र डा शेखर कोइराला भेटवार्ता

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा काँग्रेसका नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले डा कोइरालासँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग

काठमाडौं, १५ फागुन । पत्रकार जितेन्द्र महर्जनको गिरफ्तारीको विरोध गर्दै जनपत्रकार संगठन नेपालले तत्काल रिहाईको माग गरेको छ । संगठनका काठमाण्डौं जिल्ला संयोजक एवं न्हुगु जोजोलोपा साप्ताहिकका प्रधान सम्पादक र रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक महर्जनलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र गरिएकोप्रति जनपत्रकार संगठन, नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जनपत्रकार संगठनका […]

२०७६ फाल्गुन १५ गते, बिहीबार