राजनीति

मधेसी जनता फेरि चुप लागेर बस्दैनन् : यादव

काठमाडौं , २० कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने “तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।” सञ्चारकर्मीको अर्काे प्रश्नमा उनले संविधान संशोधन गर्ने […]

२०७३ कार्तिक २० गते, शनिबार

प्रधानमन्त्री आफ्नै पार्टीका मन्त्रीसँग सशंकित

काठमाडौं , २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलाई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता […]

२०७३ कार्तिक २० गते, शनिबार

देउवा दिल्ली प्रस्थान

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन दिल्ली प्रस्थान गरेका छन । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत […]

२०७३ कार्तिक १९ गते, शुक्रबार

तरुण दलको महाधिवेशन कात्तिक २७ देखि

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ ।महाधिवेशनको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । “यसअघि दुई/दुई पटक महाधिवेशन सरे पनि महाधिवेशनका लागि आवश्यक सबै […]

२०७३ कार्तिक १९ गते, शुक्रबार

प्रणवका कारण सर्बसाधारण प्रताडित

काठमाडौ, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण सर्बसाधारण प्रताडित भएका छन । मुखर्जीको भ्रमणका क्रममा आज पनि काठमाडौको ट्राफिक व्यवस्थापन कठिन भएको छ । मुखर्जीको भ्रमणका कारण आज बिहान ९ देखि सवारी आवागनमा असहजता आउनेछ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन आज नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन […]

२०७३ कार्तिक १८ गते, बिहीबार

राष्ट्रपति भण्डारी र मुखर्जीबीचको भेटवार्ता

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ । त्यस अवसरमा युगौंदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवं हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवं जनस्तरको सम्बन्धलाई […]

२०७३ कार्तिक १७ गते, बुधबार

‘ संविधान संशोधन मार्फत सबैको मागको सम्बोधन हुन्छ ‘

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर विभिन्न समूहका माग सम्बोधन गर्ने बताएका छन । उनले मधेशी, थारुलगायतका समुदायका मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी भईरहेको समेत बताएका छन् । नेपाल सम्वतको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सो अवसरमा उनले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिन र शंखधर […]

२०७३ कार्तिक १५ गते, सोमबार

नेपाल संवत् ११३७ विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १५ कात्तिक । नेपाल संवत् ११३७ सुरु ,आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को […]

२०७३ कार्तिक १५ गते, सोमबार

मतदाता नामावली अद्यावधिक गर्न आग्रह

काठमाडौ, १४ कात्तिक । निर्वाचन आयोगले आउँदो निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलि अद्यावद्यिक तथा नयाँ बनाउन मतदाताहरुलाई आग्रह गरेको छ । आउँदो चैतमा स्थानीय तहको निर्वाचन र २०७३ माघसम्ममा बाँकी २ तहकै निर्वाचन गर्नुपर्ने भएकाले फोटो सहितको मतदाता नामावलिमा आफ्नो नाम तयार पार्न आयोगले मतदातालाई आग्रह गरेको हो । आयोगका प्रवक्ता सुर्य शर्माले आउँदो २६ […]

२०७३ कार्तिक १४ गते, आईतवार

मधेसी मोर्चासग औपचारिक वार्ता हुदै

काठमाडौ, १४ कात्तिक । सत्तासिन दल र मधेसी मोर्चाबीच आज औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनका विषयमा हिजो भएको अनौपचारिक छलफल सकारात्मक भएपछि आज औपचारीक वार्ता गरेर संशोधनको मस्यौदा तयार गर्ने तयारी छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीचको बैठक आज साँझ ४ बजे बोलाइएको छ । आजको औपचारिक बैठकले मस्यौदा […]

२०७३ कार्तिक १४ गते, आईतवार