राजनीति

पत्रकारलाई अनाहकमा दुःख नदिन आग्रह

काठमाण्डौ,२७ बैशाख । नेपाल पत्रकार महासंघले पत्रकारलाई अनाहकमा दुःख नदिन आग्रह गरेको छ । महासंघका केन्द्रिय सचिब प्रभात चलाउनेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । यस बिषयमा सचिब प्रभात चलाउनेले आज जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “समाचारको विषयलाई लिएर पछिल्ला केही दिनहरुमा पत्रकार तथा […]

२०७४ बैशाख २७ गते, बुधबार

वनमन्त्रीमाथि आक्रमण !

काठमाडौैंं, २६ बैशाख । नेपाली काँग्रेस तनहुँले नेकपा (एमाले) का कार्यकर्ताले वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि आक्रमणको प्रयास गरेको र वडा नं १ का अध्यक्षका उम्मेदवार आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ । निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको […]

२०७४ बैशाख २६ गते, मंगलवार

राेल्पामा चुनाव खारेज अभियान तिब्र

काठमाडौैंं, २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिराेध अभियान अन्तर्गत राेल्पाकाे थवाङ, गाम, घर्तीगाउँ, माडीचाैरलगायत दर्जनाैं क्षेत्रमा अाइतबार घरदैलाे अभियान चलाइरहेकाे छ । अभियानमा स्थानीयहरुकाे सहभागिता उत्साहजनक देखिएकाे छ । “कथित स्थानीय चुनाव खारेज गराैं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गराैं”भन्ने नारासहित जिल्ला स्तरीय नेता-कार्यकर्ताहरु यतिबेला गाउँ-गाउँमा सास्कृतिक […]

२०७४ बैशाख २६ गते, मंगलवार

उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

काठमाडौं, २४ बैशाख । चितवन खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो । बम […]

२०७४ बैशाख २४ गते, आईतवार

वैद्य पनि भोटको राजनीतिमा

काठमाडौं, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिएपनि नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसदमा प्रतिनिधित्व नगरेकै कारण […]

२०७४ बैशाख २३ गते, शनिबार

उम्मेदवारको गाडीमा आगजनी

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ […]

२०७४ बैशाख २३ गते, शनिबार

चालक अनुमतिपत्र जेठ ७ सम्मका लागि बन्द

काठमाडौं, २३ बैशाख । वाग्मती अञ्चल यातायात कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनका कारण सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको हो । प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको […]

२०७४ बैशाख २३ गते, शनिबार

महाभियोग प्रस्ताव अघि बढाइयो

काठमाडौं, २२ वैशाख । सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव अघि बढाएकी छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको नाराबाजी र रोष्टम घेराउबीच सभामुख घर्तीले महाभियोगको प्रस्ताव अघि बढाएकी छन् । आजको संसद्ब बैठकमा सभामुख घर्तीले महाभियोगको प्रस्तावमाथि छलफल गर्ने समय निर्धारण गरेकी हुन् । सभामुखले प्रस्तावमाथिको समय निर्धारण गर्न लागेपछि […]

२०७४ बैशाख २२ गते, शुक्रबार

राष्ट्रपति भण्डारीले मतदान नगर्ने

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । […]

२०७४ बैशाख २१ गते, बिहीबार

झुण्डिएका निर्वाचन अधिकृतको उद्धार

काठमाडौं, १९ बैशाख । खादाको पासो लगाई मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो । उनका अनुसार गिरीको […]

२०७४ बैशाख १९ गते, मंगलवार