राजनीति

प्रधानमन्त्री दाहाल र झाङबीच भेटवार्ता

काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे । नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै […]

२०७३ कार्तिक ५ गते, शुक्रबार

ओलीको बंगलादेश भ्रमण स्थगित

काठमाडौ, ५ कात्तिक । एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको बताएका छन् । उनले भने – ‘अध्यक्षज्युको बंगलादेश भ्रमण स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण उहाँको भ्रमण स्थगित भएको हो,’ । अध्यक्ष ओली बंगालादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन आज ढाका जाने […]

२०७३ कार्तिक ५ गते, शुक्रबार

लोकमान विरुद्धको प्रस्ताव संसदमा अघि बढ्ने

काठमाडौ, ४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावबारे आज छलफल प्रक्रिया सुरु हुने भएको छ । संसदमा हिजो दर्ता भएको प्रस्ताव आज संसद बैठकमा प्रस्तुत हुनेछ । प्रस्ताव दर्ता भएपछि अख्तियार प्रमुख कार्की भने निलम्बनमा परेका छन । आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा प्रस्तावक […]

२०७३ कार्तिक ४ गते, बिहीबार

प्रचण्डले संसदमा सम्बोधन गर्ने

काठमाडौँ, ३ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन संसद्मा समय मागेका छन । आज अपराह्न तीन बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले प्रधानमन्त्रीले सम्वोधनका लागि समय माग गरेको बताए । कुँइकेलले […]

२०७३ कार्तिक ३ गते, बुधबार

हुन्डी–अपहरणका आरोपित ‘जोगाउँंदै’ गृहमन्त्री

काठमाडौ, ३ कात्तिक । अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएका हुन् । मन्त्री निधिले भेट्न बोलाएको […]

२०७३ कार्तिक ३ गते, बुधबार

लोकमान प्रकरण संसदमा प्रवेश

काठमाडौ, २ कात्तिक । अख्तियार प्रमुख लाकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतलाई म्याद तामेल गर्न नलिएको विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको मंगलबारको बैठकमा सांसदहरुले अदालतको आदेश तामेली गर्न समेत नदिइनु न्यायिक सर्वोच्चतालाई चुनौति भन्दै सांसदहरुले यसबारे जनप्रतिनिधि मौन बस्न नसक्ने धारणा राखेका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले अदालतको आदेशको […]

२०७३ कार्तिक २ गते, मंगलवार

स्थानीय तहमा ‘राइट टु रिजेक्ट’

काठमाडौँ, २ कात्तिक । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनदेखि उम्मेदवार अस्वीकार (राइट टु रिजेक्ट)को विकल्प मतदातालाई दिने गरी कानुन मस्यौदा गरेको छ । आयोगले मस्यौदा गरी गृह मन्त्रालयमा पठाएको स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नभएको भनी मत दिन पाउने छन् । सर्वोच्च अदालतको आदेशानुसार आयोगले मस्यौदामा नयाँ […]

२०७३ कार्तिक २ गते, मंगलवार

यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

काठमाडौ, १ कात्तिक । प्रहरीले कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुरबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव […]

२०७३ कार्तिक १ गते, सोमबार

प्रचण्ड – मोदी भेटवार्ता

काठमाडौं, १ कार्तिक । ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीबीच भेटवार्ता भएको छ । गए राति होटल लिलामा भएको भेटवार्तामा नेपाल र भारतको प्रतिनिधिमण्डलबीच पूर्व सहमतिहरु कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले विकासका मुद्दामा दुई देशबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने खाँचो औंल्याएका […]

२०७३ कार्तिक १ गते, सोमबार

ब्रिक्स सम्मेलन सकिंदै

काठमाडौ, ३० असोज । भारतको गोवामा हिजो शुरु भएको ब्रिक्स सदस्य देशहरूको आठौं शिखर सम्मेलन आज सकिंदैछ । हरेक वर्ष आयोजना हुने गरेको दुईदिने सम्मेलनमा क्षेत्रीय संगठन ब्रिक्समा विश्वका पाँच उदीयमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासँगै बिमस्टेकका सदस्य राष्ट्र नेपाल, थाइल्यान्ड, बंगलादेश, म्यानमार, भुटान र श्रीलंका पनि सहभागी छन् । […]

२०७३ आश्विन ३० गते, आईतवार