राजनीति

आन्दोलन रोकिदैन : मधेशी मोर्चा

काठमाडौं, ७ असोज । संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाको बैठकले ४० दिनदेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा हिजो देखि चलेको बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । मोर्चाले आन्दोलनलाई शशक्त बनाउन सदभावनाका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, तमलोपाका […]

२०७२ आश्विन ७ गते, बिहीबार

भारतको अर्को दबाब ,संविधान संसोधनको लागि ७ बुँदे सुझाव

काठमाडौ, ६ असोज । हालै जारी भएको नेपालको नयाँ संविधान प्रति तिब्र असन्तोष जनाएको भारतले संसोधनको प्रस्ताव सहित ७ बुँदे सुझाव सार्वजनिक गरेको छ । बिशेष दूतको नेपाल भ्रमणका बेला मधेसी नेताहरुसँग भएको अन्तरक्रिया र नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको दुई दिने परामर्शपछि भारतीय बिदेश मन्त्रालयले संविधानमा गर्नुपर्ने सातबुँदे संसोधनको खाका तयार पारेको भारतीय […]

२०७२ आश्विन ६ गते, बुधबार

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण रद्द हुने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले मुलुकको परिस्थितीलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा नजाने निधो गरेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला आज अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो । भ्रमणका क्रममा उनले आफ्नो नियमित स्वास्थ्य […]

२०७२ आश्विन ६ गते, बुधबार

प्रधानमन्त्री कोइराला तमलोपाको ढोकामा

काठमाडौ ५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष नेताहरुसँग छलफल गर्न आज बिहान तमलोपा केन्द्रीय कार्यालय पुगेका छन् । सामान्यतया, प्रधानमन्त्रीले राजनीतिक भेटवार्ताका लागि बोलाउने प्रचलन रहेपनि प्रधानमन्त्री कोइराला आफैं तमलोपा कार्यालयमा पुगेर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । तमलोपाका एक नेताका अनुसार सो पार्टीका अध्यक्ष महन्थ ठाकुल लगायत […]

२०७२ आश्विन ५ गते, मंगलवार

विराटनगरमा गोली चल्यो, तीन घाइते

काठमाडौं, ४ असोज । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् । विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । सहनीलाई बायाँ करङमा, केशरीलाई दाहिने काखीमुनि र विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब […]

२०७२ आश्विन ४ गते, सोमबार

भारतीय राजदूत दिल्ली प्रस्थान

काठमाडौं, ४ असोज । नेपालका लागि भारतीय राजदुत रन्जीत रे आजबिहान नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । नेपालमा संविधान जारी भइसकेपछिको अवस्थाबारे भारत सरकारलाई ब्रिफिङ गर्नका लागि उनी नयाँ दिल्ली गएको स्रोतले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै राजदुत रेलाई दिल्ली बोलाएको स्रोतको दाबी छ । मधेसमा जारी आन्दोलनका बाबजुद संविधान जारी भएकोमा […]

२०७२ आश्विन ४ गते, सोमबार

तराईको जनजीवन अस्तव्यस्त

काठमाडौँ, ४ असोज । नयाँ संविधान जारी भएपनि तराईका जिल्ला भने बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू समेत जारी गरेको छ । वीरगन्जमा भदौ १४ गतेबाट […]

२०७२ आश्विन ४ गते, सोमबार

फुङलिङ बजार ठप्प

काठमाडौं, ३ असोज । नेपालको संविधान २०७२ को विरोधमा नेकपा माओवादीे वन्दको प्रभाव ताप्लेजुङमा पूर्ण रुपले परेको छ । ताप्लेजुङको बजार, कलकारखाना, शिक्षण संस्था, यातायातको साधन पूर्ण रुपमा ठप्प छन् । सुरक्षाकर्मीको उपस्थिति ठाउँ ठाउँमा छ भने आन्दोलनकारी र वन्दकर्ताको उपस्थिति बाक्लो देखिन्छ । नेकपा माओवादीले हिजो नै नेपालको भावी संविधानको खाका सार्वजानिक गर्दै जारी […]

२०७२ आश्विन ३ गते, आईतवार

धादिङमा गोली चल्यो, स्थिति तनावग्रस्त

काठमाडौं, ३ असोज । नेकपा माअाेवादीले आयोजना गरेको नेपाल बन्दका क्रममा धादिङ्ग भूमिस्थानको बैरेनीमा एउटा ट्रक र दुइओटा मोटरसाइकल तोडफोड भएको छ । ट्रक र मोटरसाइकल तोडफोड भएपछी त्यहाको स्थिति निकै तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइफायर समेत गरेको त्यहाबाट हाम्रा सम्बाददाताले जनाएका छन। नयाँ संविधान जनविराेधी भएकाे भन्दै विप्लव […]

२०७२ आश्विन ३ गते, आईतवार

माओवादीले सडकबाट सविधान जारी गर्ने

काठमाडौं, २ असोज । नेकपा माओवादीले आज सडकबाट सविधान जारी गर्ने भएको छ । अहिले सविधान सभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दैे नेकपा माओवादीले सडकबाटै जनसविधान घोषणा गर्न लागेको हो । आज दिउसो २ बजे शान्तिबाटीकामा जनसविधानका आधारभुत मान्यताहरु घोषणा गरिने माओवादी नेताहरुले बताएका छन् । सविधानको स्वरुप बारे घोषणा गर्नु […]

२०७२ आश्विन २ गते, शनिबार