राजनीति

नेकपाका जिल्ला इन्चार्जसहित ६ जना गिरफ्तार

काठमाडौं, २ भदाै । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गिरफ्तार पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर […]

२०७६ भाद्र २ गते, सोमबार

नेकपाकाे सचिवालय बैठक स्थगित, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आज अपराह्न ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार अपराह्न ४ बजे बस्ने […]

२०७६ श्रावण ३२ गते, शनिबार

नेकपाका ३ नेतालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, ३१ साउन । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बिहीबारको एकल इजलासले अर्घाखाँची प्रहरी हिरासतमा बन्दी बनाइराखिएका लालबहादुर वली ‘विश्व’, काठमाडौं प्रहरी परिसरको सिंहदबार वृत्तको हिरातमा राखिएका बुधहाङ राई र कञ्चनपुर प्रहरीको हिरासतमा साउन२४ गतेदेखि बन्दी बनाई राखिएका कृष्णबहादुर शाहीलाई पक्राउ गर्नुको लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ । विश्वलाई यसै हप्ता प्युठानबाट रिहालगत्तै […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

काठमाडौं, ३१ साउन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिएका छन । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

मुख्यमन्त्री शाहीलाई लक्षित गरी पूनः बम विस्फोट

काठमाडौँ, ३० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ । यसअघि कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि पुगेका मुख्यमन्त्री शाही उपस्थित कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो । मुख्यमन्त्री शाही […]

२०७६ श्रावण ३० गते, बिहीबार

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं , २९ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । जनवर्गीय संगठनको नेतृत्वका विषयमा मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग गरेको छलफलमा नेतृत्वलाई लिएर व्यापक विवाद […]

२०७६ श्रावण २९ गते, बुधबार

पक्राउ पूर्जी टाँस्न पुगेका प्रहरीलाई स्थानीयले लखेटे

काठमाडौं , २९ साउन । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलाई पक्राउ गर्न उनको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटेका छन् । सोमबार दिउँसो प्रहरी पुर्जी बोकेर पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामुहिक प्रतिकार गरेका थिए […]

२०७६ श्रावण २९ गते, बुधबार

बालुवाटारमा झडप !

काठमाडौं , २८ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका ‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन् । उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका […]

२०७६ श्रावण २८ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ । नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् […]

२०७६ श्रावण २७ गते, सोमबार

आज विश्व आदिवासी जनजाति दिवस

काठमाडाैं , २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गराैं भन्ने नारासहित विविध कार्यक्रम गरी मनाउँदै छन् । आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका […]

२०७६ श्रावण २४ गते, शुक्रबार