राजनीति

यातायात समिति नवीकरण नहुने

काठमाडौं, ५ साउन । गृह मन्त्रालयले विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगरिने जनाएको छ । गत असार ३१ गते गृह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सचिवको बैठकले गरेको निर्णय गृह मन्त्रालयले सार्वजनिक गर्दै गत वैशाख ४ गतेको निर्णयानुसार यातायात क्षेत्रका विसंगति र विकृति हटाउन यही साउन १ गतेदेखि संस्था […]

२०७५ श्रावण ५ गते, शनिबार

माग पूरा नभएसम्म अनशन जारी राख्नुहोस : देउवा

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई आज भेटेर माग पूरा नभएसम्म अनशन जारी राख्न सल्लाह दिएका छन् । त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत तथा उपचरार्थ डाक्टर केसीलाई आज सभापति देउवाले भेटेर भनेका थिए,‘डाक्टर साहप गो अ हेड, म तपाईको साथमा छु, माग पूरा नभएसम्म अनशन जारी […]

२०७५ श्रावण ४ गते, शुक्रबार

ट्रिपर व्यवसायी आन्दोलनमा

काठमाडौं, ४ साउन । सरकारले काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रवेश निशेध गरेको भन्दै धादिङका ट्रिपर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यावसायीले विरोध स्वरुप आज धादिङका सडक राजमार्गमा प्रदर्शनसमेत गरे। भर्खरै काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारले नियम बनाएको छ । तर ट्रिपर चालकहरुले भने यसको विरुद्ध विरोध जनाउँदै […]

२०७५ श्रावण ४ गते, शुक्रबार

राजपा आन्दोलनमा

काठमाडौं, ४ साउन । राष्ट्रिय जनता पार्टीले आन्दोलनमा उत्रिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठमा भएको घटना बारे सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध राजपा आन्दोलनमा उत्रिएको हो । प्रतिवेदन पूर्वाग्रही रहेकोले खारेजीको माग गर्दै उनीहरुले शुक्रवार राजविराज–रुपनी सडक खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् । सुरक्षाकर्मीको गैर–जिम्मेवारीका कारण घटना भएको छर्लङ्ग […]

२०७५ श्रावण ४ गते, शुक्रबार

‘ सीप र क्षमता प्राप्त प्राप्त गर्नु कर्मचारीको मौलिक हक ‘

काठमाडौँ , २ साउन । सीप र क्षमता प्राप्त गर्नु कर्मचारीहरुको मौलिक हक भएको भन्दै सरोकारवालाहरुले कर्मचारी प्रशिक्षण प्रतिस्ठानलाई सातवटै प्रदेशमा विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरुले कर्मचारीलाई मर्यादित, अनुशासित र जिम्मेवार बनाउने पनि प्रशिक्षणको अझै आवश्यकता रहेको बताए । बुधबार संवाद डबलीले आयोजना गरेको ‘कर्मचारीको क्षमता अभिवृद्धिमा सरकारको भूमिका’ विषय अन्तरसंवाद कार्यक्रममा बोल्दै निजामति […]

२०७५ श्रावण २ गते, बुधबार

कांग्रेसद्वारा सदन चल्न नदिने निर्णय

काठमाडौं, २ साउन । डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको छ । डा. केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको छ। सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन पनि चल्न नदिने निर्णय गरेको हो । […]

२०७५ श्रावण २ गते, बुधबार

ब्रिटिस आर्मीमा नेपाली महिला पनि भर्ती हुन पाउने

काठमाडौँ, २ साउन । ब्रिटिस आर्मीमा अब नेपाली महिलाले पनि अवसर पाउने भएका छन् । करिव दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको हो । लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन्।सन् […]

२०७५ श्रावण २ गते, बुधबार

काँग्रेसद्वारा सडक संघर्षको घोषणा

काठमाडौं, १ साउन । नेपाली काँग्रेसले सरकारको मनोमानी ढंग र अधिनायकवादविरुद्ध देशव्यापी सडक संघर्षको घोषणा गरेको छ । काँग्रेसले केन्द्र सरकार प्रदेश सरकार मनोमानी ढंगले अघि बढेको र अधिनायकवाद उन्मुख देखिएको आरोप लगाउँदै देशभर आन्दोलन गर्ने घोषणा गरेको हो । काँग्रेस महामन्त्री शशांक कोइरालाद्वारा जारी गरिएको विज्ञप्तिमा सरकार संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको […]

२०७५ श्रावण १ गते, मंगलवार

प्रेस काउन्सिल खारेज हुने !

काठमाडौँ, १ साउन । सन्चार मन्त्री गोकुल बाँकोटाले प्रेस काउन्सिल खारेज गरेर त्यसको ठाउँमा अधिकार सम्पन्न मिडिया काउन्सिल ऐन ल्याउने बताएका छन् । सरकारले आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउन विधेयक मस्यौदा थालेको सन्चार मन्त्री बाँकोटाले बताए । मन्त्री बाँस्कोटाले भने सञ्चार मन्त्रालयले ‘न्यू मिडिया’लाई समेत समेट्ने गरी आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउने छ । मन्त्रिपरिषदको […]

२०७५ श्रावण १ गते, मंगलवार

अन्त्य भएन यातायातकाे सिन्डिकेट

काठमाडौं, १ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका कारण अाजदेखि यातायात क्षेत्रकाे सबैखाले सिन्डिकेट अन्त्य हुने भनिए पनि लागू नहुने भएको छ । सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने भन्नेबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद्को निर्णयविपरीत सुझाव दिएको छ, जसअनुसार अब सिन्डिकेट अन्त्यका लागि पुससम्मकाे म्याद थपिने भएकाे छ  । सवारीसाधनको रुट […]

२०७५ श्रावण १ गते, मंगलवार