राजनीति

निर्वाचन आयोगद्वारा सरकारलाई पत्र

काठमाडौं,२६ माघ । निर्वाचन आयोगले सरकारलाई पत्र पठाएको छ । निर्वाचनको तयारी थाल्न सरकारले दिएको निर्देशनयुक्तपत्र अपूर्ण रहेको निष्कर्ष निकाल्दै आयोगले सरकारलाई पुन: पत्र पठाएको हो । आयोगले मुख्यगरी मतदाता नामावलीलाई अन्तिमरुप दिन स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन, मतदानस्थलको निर्णय र निर्वाचनको सम्भावित मिति र आर्थिक सहयोगका विषयमा स्पस्ट पार्न आग्रह गर्दै सरकारलाई पत्र पठाएको […]

२०७३ माघ २६ गते, बुधबार

आजदेखि रुकुम बन्द

काठमाडौं, २६ माघ । तकसेरा सरोकार समितिले रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा राखिनुपर्ने माग गर्दै आजदेखि रुकुम बन्द गरेको छ । तकसेरा सरोकार समितिले रुकुम बन्द गरेसँगै जिल्ला भित्रने र जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् । स्थानीय तह पुनर्संरचना गर्दा जिल्लाका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक तरिकाले […]

२०७३ माघ २६ गते, बुधबार

संविधान संशोधन प्रस्तावमा संशोधनको तयारी

काठमाडौं, २६ माघ । सरकारले संसदमा विचाराधीन संविधान संशोधन प्रस्ताव केही संशोधन गरी अघि बढाउने तयारी थालेको छ । झन्डै दुई महिनाअघि सरकारले पेस गरेको चारबुँदे संशोधन प्रस्ताव पारित नभई स्थानीय चुनाव सम्भव नहुने ठहर गर्दै सत्ता घटक दलहरूले उक्त प्रस्ताव केही संशोधन गर्ने निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँदे संशोधन […]

२०७३ माघ २६ गते, बुधबार

‘ सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी’

काठमाडौं,२५ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । उनले वर्तमान सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको ठोकुवा गरेका छन् । आज विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजनीतिक सहमति गरी संविधान कार्यान्वयन र निर्वाचन गर्न सरकार असफल हुँदै गएकाले आफ्नो दलले दिएको समर्थनको […]

२०७३ माघ २५ गते, मंगलवार

पठान पेस्तोलसहित प्रक्राउ

काठमाडौं, २४ माघ । चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल–भारतको सीमा क्षेत्र जमुनाहाबाट एकथान पेस्तोल र पेस्तोलमा लाग्ने तीनथान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले […]

२०७३ माघ २४ गते, सोमबार

निर्वाचन मिति घोषणामै ‘लफडा’

काठमाडौं, २४ माघ । निर्वाचन मिति घोषणाको विषयले अहिले राजनीति तातेको छ । तर संसदमा रहेको संविधान संशोधन प्रस्ताव मितिका लागि शर्त बनेपछि सरकार अनिर्णत बनेको छ भने विपक्षी मिति घोषणा भए मुद्दा मिलाउन सहयोग पुग्ने बताईरहेका छन् । स्थानीय तहको निर्वाचन बैशाख जेठमा गर्ने गरी तयारी गर्न सरकारले निर्वाचन आयोगलाई भनेको छ । कुनै […]

२०७३ माघ २४ गते, सोमबार

एमाले विदेश नीति कार्यदलमा नबस्ने

काठमाडौं, माघ २४ । प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न अस्वीकार गरेको छ । भारतर्फ ढल्किएर सरकारले पञ्चशीलको सन्तुलित परराष्ट्र नीति खल्बल्याएको भन्दै एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको हो । सबै पार्टीका प्रतिनिधि समेटेर सरकारले एक महिनाअघि कार्यदल गठनका लागि प्रक्रिया अघि बढाउन खोजेको थियो । अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार […]

२०७३ माघ २४ गते, सोमबार

गृहकार्य बिना नयाँ वैदेशिक श्रम गन्तव्य खुला गरिँदै

काठमाडौं, २३ माघ । बिना गृहकार्य वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मुलुक खुला गरिँदा नेपाली कामदारले विदेशमा समस्या भोग्नु परिरहेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवा लगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनपरिरहेको छ । सरकारले गन्तव्य मुलुकसँग ‘द्विपक्षीय श्रम […]

२०७३ माघ २३ गते, आईतवार

चुनावको मिति घोषणा गर्न माग

काठमाडौं, २३ माघ । आजको संसद बैठकको शुन्य समयमा धारणा राख्दै सांसदहरुले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । सांसदहरुले नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भनेकै चुनाव गराउनु रहेको बताए । आगामी माघ ७ गतेभित्र तीन तहको चुनाव हुन नसके देशमा गम्भीर राजनीतिक र सम्वैधानिक संकट उत्पन्न हुने भन्दै उनीहरुले मिति घोषणा गरी […]

२०७३ माघ २३ गते, आईतवार

संविधान संशोधनपछि निर्वाचनको घोषणा

काठमाडौं, २२ माघ । संविधान संशोधन प्रक्रिया टुंगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने भएको छ । आज काठमाडौंमा गरिएको साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन गरेपछिमात्र निर्वाचनको मिति घोषणा गर्ने तयारी प्रधानमन्त्रीले गरिरहेको बताएका छन । उनले राष्ट्रिय सहमतिबिना गरिने चुनावको कुनै औचित्य नहुने भएकाले प्रधानमन्त्रीले मधेसी मोर्चासहित सबैलाई सहमतिमा ल्याउने प्रयास […]

२०७३ माघ २२ गते, शनिबार