राजनीति

माओवादी दोस्रो चरणको राहत तथा उद्दार अभियानमा

काठमाडौँ ७ जेठ । नेकपा माओवादीले भूकम्पबाट बढी प्रभावित भएका जिल्लाहरुमा उद्दार तथा राहात बितरण र पुनर्निर्माणको दोश्रो चरणको आभियाँनको सुरुवात आजबाट गर्ने भएको छ ।माओवादी प्रबक्ता प्रकाण्डले दिएको जानकारी अनुसार महासचिब विप्लवले रामेछापको मन्थली,पार्टीका नेता धर्बेन्द्र बास्तोलाले काठमाडौँको जमल, पार्टीका प्रबक्ता प्रकाण्डले भक्तपुरको सुडाल, पार्टी केन्द्रीय सदस्य झक बहादुर मल्लले दोलखाको भिमेस्वर नगरपालिकामा अभियानको […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

चीनका परराष्ट्र सहायक मन्त्री लिउ नेपाल आउँदै

काठमाडौं ,७ जेठ । चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणका लागि काठमाडौं आउदै छन् । भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न सहायक मन्त्री लिउ जेनचाओ नेपाल आउँ लागेका हुन् ।प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

अमेरिकी सेना स्वदेश फर्किदै

काठमाडौ, ७ जेठ । गत बैसाख १२ गते आएको विनाशकारि भुकम्पपछि उद्धार र राहत वितरणमा खटिदै आएको अमेरिकी सैनिक (मरि) टोली आज स्वदेश फर्कने भएको छ । भुकम्पपीडितलाई उद्धार राहत वितरण गर्न अमेरिकी सेनाले ल्याएकामध्ये चारओटा हेलिकोप्टर ओस्प्रे फर्कने भएका हुन् । अन्य दुईवटा भने केहि दिनपछि मात्रै फर्कने नेपाल स्थित अमेरीकी दुतावासले जनाएको छ […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

आषाढ मसान्तसम्म सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, ६ जेठ । राष्ट्रपति डा. रामवरण यादवले आषाढ मसान्तसम्म नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।यसअघि गत वैशाख १२ गतेदेखि नै सेना परिचालन हुँदै आएपनि राष्ट्रपति यादवले बुधबार मात्र स्वीकृत प्रदान गरेका हुन् ।विपदमा सेना परिचालनको सरकारी तौर–तरिकाबारे सेनाका परमाधिपति राष्ट्रपति यादवसमेतले असन्तुष्टि जनाएपछि सरकारले बल्ल वैधानिक प्रक्रियाबाट सेना परिचालनबारे सिफारिस गरेको […]

२०७२ जेष्ठ ६ गते, बुधबार

भारत चाहे जति सहयोग गर्न तयार छ : पीके मिश्र

काठमाडौं, ६ जेठ । नेपालमा गएको महाभुकम्पपछि पुर्‍याएको क्षतिवारे जानकारी लिन नेपाल आएका भारतका अतिरिक्त एवं प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सल्लहाकार पीके मिश्रले भारतले चाहे जति सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । आज विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले यस्तो भएको हो । यसैगरि उनले महाभुकम्पपछि उद्दार कार्य र प्रभवित क्षेत्रको पुर्नस्थापनामा निकै चनौती […]

२०७२ जेष्ठ ६ गते, बुधबार

लाप्राकका बासिन्दालाई अन्यन्त्रै सार्ने तयारी

काठमाडाै‌,६ जेठ । महाभुकम्पको केन्द्रबिन्दु गोरखाका २२ गाउँका दुई हजार दुई सय १४ घरधुरीलाई अन्यत्र सार्ने निर्णय जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको छ । क्षेत्र नम्बर २ र ३ का ११ गाउं विकास समितिका गाउँमा भूकम्पले पहिरो जाने, जमिन भासिने भएपछि अन्यत्र पुर्नवास गराउने निर्णय भएको हो । स्थानीयले समितिमा दिएको निवेदन, अनुगमनका क्रममा […]

२०७२ जेष्ठ ६ गते, बुधबार

राष्ट्रिय संयन्त्र बनाउ : वैद्य

काठमाडौ, ५ जेठ। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले विपद व्यस्थापन ठूलो चुनौती भएको भन्दै सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन । वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन् । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछि पार्टी गरेका काम कारबाहीबारे जानकारी दिन मंगलवार स्वयम्भूको भुइँखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

२०७२ जेष्ठ ५ गते, मंगलवार

एमाले नेता नेपाललाई पितृ शोक

काठमाडाै‌, ५ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पितृ शोक परेको छ । नेपालका पिता मंगलकुमार उपाध्यायको आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ९९ बर्षिय उपाध्यायको घरमै निधन भएको हो ।

२०७२ जेष्ठ ५ गते, मंगलवार

सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री तयार – सञ्चारमन्त्री

काठमाडौँ, ४ जेठ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन्।रिपोर्टर्स क्लब नेपालले भृकुटीमण्डपस्थित चौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन राष्ट्रिय स्वरुप दिनका लागि आह्वान गर्दै आउनुभएको […]

२०७२ जेष्ठ ४ गते, सोमबार

मदन-आश्रितको स्मृतिमा श्रद्धान्जली सभा

काठमाण्डौं, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको चितवनको दासढुंगामा एमाले चितवनले श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धान्जली सभामा बोल्ने एमाले नेताहरुले दासढुंगा हत्याकाण्ड पत्ता लगाउन नसकेकोमा दुःखेसो गरे । उनीहरुले मदन भण्डारीले देखाएको बाटोमा एमाले पंक्ति प्रतिवद्ध भएर लाग्नुपर्ने विचार राखे । एमाले […]

२०७२ जेष्ठ ३ गते, आईतवार