कागबेनी-तिरी जोड्ने पुल बाढीले बगायो
काठमाडौं, २२ साउन । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङस्थित कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो । […]
२०७५ श्रावण २२ गते, मंगलवार