खेल

नेपाल सुपर लिग : झापा र ललितपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अंकतालिकाको शीर्षस्थानमा उक्लेको थियो।

२०८० मंसिर २९ गते, शुक्रबार

नेपाल सुपर लिग फुटबल : वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज पुछारका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् । प्रतियोगितामा वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो । पाँच खेलबाट ४ अंक जोडेको इलाम तालिकाको आठौ स्थानमा रहँदा चार खेलबाट २ अंक मात्रै जोडेको वीरगञ्ज नवौं अर्थात पुछारमा छ । वीरगञ्ज आज पहिलो जितको […]

२०८० मंसिर २७ गते, बुधबार

नेपाल सुपर लिग फुटबल: पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको […]

२०८० मंसिर २५ गते, सोमबार

यू–१९ एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसंग भिड्दै

काठमाडौँ । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्छ । खेल, यूएईस्थितआईसीसी एकेडेमीको ओभल २ मैदानमा नेपाली समयानुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित […]

२०८० मंसिर २४ गते, आईतवार

यू–१९ एसिया कप क्रिकेट शुरु: नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ । एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता आजबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । आज सुरु हुने प्रतियोगिता […]

२०८० मंसिर २२ गते, शुक्रबार

नेपाल सुपर लिग फुटबल : वीरगञ्ज युनाइटेड र ललितपुर सिटी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटीले वीरगञ्ज युनाइटेडको सामना गर्नेछ । प्रतियोगितामा वीरगञ्जको यो तेस्रो खेल हो भने ललितपुरको चोथो खेल । तीन खेलबाट ५ अंक जोडेको ललितपुर तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा ललितपुर लिग तालिकाको शीर्ष स्थानमा उक्लनेछ । दुई खेलबाट अंकविहीन वीरगञ्ज भने तालिकाको […]

२०८० मंसिर १९ गते, मंगलवार

नेपाल सुपर लिग : धनगढी र बुटवल भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० […]

२०८० मंसिर १४ गते, बिहीबार

सुपर लिग फुटबल: पोखरा थन्डर्स र ललितपर सिटी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज पोखरा थन्डर्सले ललितपर सिटी एफ.सीको सामना गर्नेछ । खेल आज साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफ.सी.लाई २–० ले हराएको थियो भने पोखराले चितवन एफ.सी माथि १–० को जित निकालेको थियो […]

२०८० मंसिर १३ गते, बुधबार

नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ

काठमाडौँ । नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभावाट राजीव श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने १३ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । श्रेष्ठ यसअघि करिब तीन वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । रैफ्टिङ तथा क्यानोइङ संघमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ ( हाल नेपाल बक्सिङ महासंघ) को […]

२०८० मंसिर १० गते, आईतवार

सुपर लिग फुटबल : बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दैछन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहेका छन् । धनगढी एन.एस.एल फुटबलको साविक उपविजेता टोली हो भने बिरगंजले पहिलो पटक एन.एस.एल खेल्न लागेको हो ।यसअघि हिजोका खेलहरुमा ललितपुर सिटी र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । दशरथ रंगशालामा […]

२०८० मंसिर १० गते, आईतवार