बिश्व

चट्याङले ३० जनाको ज्यान लियो

काठमाडौ, १६ साउन । भारतको ओडिशा राज्यमा चट्याङ लागेर विगत २४ घण्टामा कम्तीमा पनि ३० जनाले ज्यान गुमाएका छन् । स्थानीय पत्रकार सुब्रत कुमार पतिले जनाएअनुसार राज्यको आपत नियन्त्रण केन्द्रले २८ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ। यद्यपि मृत्यु हुनेको संख्यो योभन्दा बढी रहेको बताइएको छ। राज्यका मुख्यमन्त्री नवीन पटनायकले मृतकका परिवारजनलाई सरकारी राहत पुराउन […]

२०७३ श्रावण १६ गते, आईतवार

प्रसूति अस्पतालमा हवाई आक्रमण

काठमाडौं, १५ साउन । सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो । आक्रमणमा केही मारिएका छन् भने धेरै घाइते भएको सेभ द चिल्ड्रनले जनाएको छ । तर संख्या भने खुलाइएको छैन । हवाई आक्रमणको क्रममा एउटा बम […]

२०७३ श्रावण १५ गते, शनिबार

हिलारी क्लिन्टनको जानकारी ह्याकरको कब्जामा

काठमाडौ, १५ साउन । अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित जानकारी ह्याक भएको छ । अमेरिकी संचार माध्यमहरुका अनुसार यो डेमोक्रेटिक पार्टीविरुद्ध ठुलो साइबर आक्रमण हो । डेमोक्रेटिक नेशनल कमिटि र डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटिसँग सम्बन्धित जानकारी ह्याक भएको हो । अमेरिकी अधिकारीहरुका अनुसार यो साइबर आक्रमणका पछाडि रुस सरकारका […]

२०७३ श्रावण १५ गते, शनिबार

मोदीलाई बुलेटप्रुफ मञ्चबाट भाषण गर्न सुझाव

काठमान्डौ, १४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान सर्वाधिक खतरामा रहने भन्दै भारतको गुप्तचर निकायले स्वतन्त्रता दिवसमा बुलेटप्रुफ मञ्चबाट भाषण गर्न सुझाव दिएका छन । भारतको गुप्तचर निकायले १५ अगस्टका दिन भारतीय प्रधानमन्त्री मोदीको ज्यान सर्वाधिक खतरामा रहने भन्दै सतर्क रहन आग्रह गरेका हुन् । गुप्तचर अधिकारीहरुले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसमक्ष त्यस्तो […]

२०७३ श्रावण १४ गते, शुक्रबार

लागूऔषध तस्करीमा संलग्नलाई मृत्युदण्ड

काठमाडौं, १४ साउन । इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन । मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच मानवअधिकारवादी […]

२०७३ श्रावण १४ गते, शुक्रबार

टर्कीमा सयौ सञ्चारमाध्यममाथि प्रतिवन्ध

काठमाडौँ, १३ साउन । टर्कीमा १ सय ३१ सञ्चारमाध्यममाथि प्रतिवन्ध लगाइएको छ । दुई हप्ताअघि भएको असफल सैनिक ‘कु’ को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ । समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी १ सय ३१ वटा सञ्चारमाध्यम बन्द गराएको वीवीसीले लेखेको छ । […]

२०७३ श्रावण १३ गते, बिहीबार

‘ नेपालसँगको सम्बन्ध मोदीले बिगारे ‘

काठमाडौं, १३ साउन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हतास भएकै कारण धेरै गम्भीर विषयमा जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । केजरीवालले बुधबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै मोदीमाथि गम्भीर आरोपसमेत लगाएका छन् । करिब १० मिनेट लामो भिडियो सन्देश केजरीवालले मोदी र उनको नेतृत्वमा रहेको केन्द्र सरकारको […]

२०७३ श्रावण १३ गते, बिहीबार

आइएसद्वारा विस्फोट , ४४ जना मारिए

काठमाडौं, १२ साउन । सिरियाको उत्तर पश्चिम क्वामिश्ली सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले बुधबार गराएको विस्फोटमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ । कुर्दिसहरुको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो । कुर्दिसको सुरक्षा मुख्यालयनजिक भएको विस्फोटमा अरु धेरैजना घाइते भएका छन् । आइएसले यसअघि पनि कुर्दको बाहुल्य रहेको क्षेत्रमा आक्रमण […]

२०७३ श्रावण १२ गते, बुधबार

हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवारमा चयन

काठमाडौं, १२ साउन । हिलारी क्लिन्टन अमेरिकामा कुनै प्रमुख राजनीतिक दलका तर्फबाट राष्ट्रपति पदको निर्वाचभनमा उम्मेदवारी दिने पहिलो महिला बनेकी छन् । फिलाडेल्फिियामा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिहरुले हिलारी क्लिन्टनलाई राष्ट्रपति पदका लागि आफ्नो आधिकारिक उम्मेदवार चयन गरेका हुन् । हिलारी क्लिन्टन अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् । नोभेम्बरमा हुने राष्ट्रपतीय […]

२०७३ श्रावण १२ गते, बुधबार

जापानमा चक्कु आक्रमण , १९ को हत्या, २६ घाइते

काठमाडौं, ११ साउन । जापानको टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर […]

२०७३ श्रावण ११ गते, मंगलवार