ल्हासा नजिकको सुन खानीमा ८३ मजदूर पुरिए
ल्हासा- तिब्बतको राजधानी ल्हासा नजिक भएको भूस्खलनमा परी ८३ जना खनिज मजदूर पुरिएर वेपत्ता भएका छन् ।उनीहरुको खोजीका लागि एक हजारभन्दा बढी प्रहरी, अग्नी नियन्त्रक, चिकित्सकलगायत उद्दारकर्ता खटाइएको छ । १५ सय फीटमाथि रहेको उक्त दुर्घटनास्थलमा उद्दारकर्ताहरु खटिएका हुन् ।मैझोकुनगर क्षेत्रमा गएको पहिरोमा मजदूर रहेको वस्तीसहितको ठूलै इलाका पुरिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । […]
२०६९ चैत्र १७ गते, शनिबार