बाढी र पहिरोपीडितको तत्काल उद्दार, राहत र व्यवस्थापन जुटौं

२०७८ असार ६ गते, आईतवार

जेठ ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण देशैभरि बाढी, पहिरो डुबानले केही व्यक्तिको ज्यान लिएको भने कैयौँ परिवार घरबारविहीन बन्न पुगेका छन् जनतालाई परेको यस विपत्तिमा सरकारले ठोस भूमिका खेल्न नसकेको भन्दै गुनासो भइरहेको सरकारले तत्काल ती गुनासोको सम्बोधन गर्नु आवश्यक भने जनप्रतिनिधि जनसेवक हौँ भन्दै अहोरात्र कुर्लने संसद्वादी दल नेताहरुले समेत यस विपत्तिको घडीमा जनतालाई सहयोग गर्न कम्मर कसेर लाग्नुपर्दछ जनतामाथि आइलागेको यो विपत्तिलाई राजनीतिकरण नगरी उचित व्यवस्थापन गर्नु नै सबै राजनीतिक दल, नेता आमसचेत नागरिकहरुको दायित्व हो यो दायित्वबाट कोही नपञ्छियौँ, कोही नभागौँ

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण तह तप्काका नेता, कार्यकर्तालाई विपत्तिमा परेका जनताको उद्दार, राहत व्यवस्थापनमा लाग्न निर्देशन दिएको पार्टीको निर्देशनअनुसार देशका विभिन्न ठाउँमा नेकपाका नेता, कार्यकर्ताहरु विपत्तिमा परेका जनताको उद्दार, राहत व्यवस्थापन कार्यमा जुटिसकेका छन् नेपाल कम्युनिस्ट पार्टीको यस जनउत्तरदायी कार्यको सम्पूर्ण राजनीतिक दल, नेता शक्तिहरुले अनुशरण गर्नु आवश्यक देशका सम्पूर्ण राजनीतिक दल, नेता शक्तिहरु जनसेवामा जुट्ने हो भने प्राकृतिक विपत्तिमा परेका जनताको उद्दार, राहत व्यवस्थापन गर्न कुनै कठिनाई नपर्ने निश्चित तसर्थ, विपत्तिमा परेका जनताको नाममा राजनीति नगरौँ, उनीहरुको उद्दार, राहत उचित व्यवस्थापनमा सबै राजनीतिक दल, नेता शक्ति एकजुट भएर लागौँ अहिलेको आवश्यकता जनचाहना पनि यही हो, चेतना भया

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पुष्पलालको सपना साकार पारौँ

२०८२ श्रावण १२ गते, आईतवार

ओली सरकारको एक वर्ष फुस्सा सावित

२०८२ श्रावण ५ गते, आईतवार

एमसीसी द्वन्दको कारक नबनोस्

२०८२ असार २२ गते, आईतवार