नेकपाको स्वागत योग्य निर्णय
नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने नीति लिएको सार्वजनिक भएको छ । जुन देश र जनताको लागि ज्यादै खुशीको विषय हो । सो पार्टीले स्थानीय निर्वाचनमा एमसीसी पक्षधर, राष्ट्रघाती र जनघाती राजनीतिक दल नेता विरुद्ध क्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी दल र नेतासँग चुनावी मोर्चा बनाएर आसन्न स्थानीय निर्वाचन प्रयोग गर्ने र चुनावलाई पनि आन्दोलन कै रुपमा अगाडि बढाउने नीति लिएसँगै भ्रष्टाचारी, कमिशनखोरी र राष्ट्रघाती एमसीसीका पक्षधरहरुको निद हराम भएको छ । किनकि एमसीसीलगायत देश र जनताप्रति नेकपाले उठाएको एजेन्डा र संघर्षले आमजनताको साथै र सहयोग नेकपाप्रति ह्वातै बढेको छ । यस्तो अवस्थामा नेकपाले आसन्न स्थानीय निर्वाचन प्रयोग गर्ने नीति लिएपछि भ्रष्ट संसदवादी दल र नेताको ब्रम्हलुट धराशायी हुने निश्चित छ । नेकपाले भ्रष्टाचारी, कमिशनखोरी र राष्ट्रघाती एमसीसीका पक्षधरविरुद्ध संघर्षको मोर्चाको रुपमा स्थानीय निर्वाचनमा भ्रष्टाचार र कमिशन विरोधि प्रतिनिधि खडा गरेर चुनावमा सहकार्य गर्ने र सहयोग लिने र दिने कार्य ग¥यो भने संसदवादी दल र नेताको पत्ता साफ हुनेछ भने नेपाली जनताको चाहना पनि नेकपा स्थानीय निर्वाचनमा सहभागी भएर देश र जनताको पक्षमा उदारणीय कार्य गरोस् भन्ने छ । जसलाई नेकपाले सम्मान गर्दै अगाडि बढेको छ । नेकपाको यहि राष्ट्र र जनचाहना बमोजिमको कार्यले आगामी दिनमा सो पार्टीप्रति जनताको साथ र सहयोग झनै बढेर जाने निश्चित छ । नेकपाको यस निर्णयले संसदवादी दल र नेताको हर्कतबाट वाक्क भएका जनतामा आशाको किरण पैदा गराएको छ । नेकपा सधैँ यसरी नै राष्ट्र र जनताको पक्षमा खडा भइरहोस, शुभकमना ।