बसन्त सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ ( भिडियोसहित )

२०७७ आश्विन १० गते, शनिबार


काठमाडौं । ‘सुनन पियारी’को सफलता पछि संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् ।
रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् । भने भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]