दाउत राईको ‘हृदयको आवाज’ ( भिडियोसहित )

२०७७ आश्विन २१ गते, बुधबार


काठमाडौँ । मेलोडियस सफ्ट भर्सनका गीत संगीत मार्फत नेपाली संगीतप्रेमीहरुको मन जित्दै आइरहेका गायक दाउत राई र गायिका दिपा लामाको युगल स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा प्रेमी प्रेमिका विचको प्रेमको वर्णन गरिएको छ। दाउत राई र गायिका दिपा लामाको स्वरमा रहेको यस गीतलाई दाउतले नै संगीतवद्द गरेका हुन्। गीतकारका रुपमा आफ्नो छुट्टै परिचय स्थापित गर्दै सिर्जनामा सक्रिय गीतकार अमर बान्तुले यस गीतलाई लेखेका हुन्। गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा मोडल अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई म्युजिक भिडियोमा अब्बल मानिएका निर्देशक देव जंग थापाले छायांकन र निर्देशन गरेका हुन्। भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

विगत लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियासिल गायक राईका यसअघि ‘मन परो’ , ‘लाग्छ तिमी यही छौ’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्। दशैँको अग्रिम शुभकामना सहित कोशेलीको रुपमा प्रस्तुत गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन निर्माण टिम सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]