जगदीश समालको ‘तिम्रो प्यारमा छु’ ( भिडियोसहित )

काठमाडौँ । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्दले गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ। म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् ।
सुन्दर ठाउमा छायांकन गरिएको यस भिडियोलाई बुद्द थापाले छायांकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।