कल्पना आङबुहाङको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो सार्वजनिक

२०८२ बैशाख ७ गते, आईतवार


काठमाडौँ । गीतकार कल्पना आङबुहाङको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक भएको छ। पुर्वेली लोक भाकामा सजिएको ‘चिण्डोमा धान छ’ गितको म्युजिक भिडियो ‘मेरी आमा कल्पना आङबुहाङ’ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
कल्पना आङबुहाङको शब्द तथा बुद्धराज लिम्बूको संगीत र संगीत संयोजन रहेको उक्त गितको म्युजिक भिडियो हालै युट्यूवमार्फत सार्वजनिक भएको हो ।
गायक मिङसो केरुङको आवज रहेको उक्त गितको भिडियोमा डोना थापा मगर र सुहाङमा आङबुहाङ लिम्बूले अभिनय गरेका छन् । बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको भिडयोमा रविना लिम्बूको मेकअप रहेको छ भने ज्योति बेघा, दिक्षा खजुम र याङसा थाम्सुहाङको कोरस आवाज रहेको छ । देवेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको गित सेवा रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]