कान अस्पताल निर्माण हुने

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । स्थानीय फत्तेवाल आँखा अस्पताल नेपालगन्जको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पताल लागि एक करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माणको शिलान्याससमेत भइसकेको छ । ब्रिटेन-नेपाल अटोलोजी र्सर्भिस, युकेका संस्थापक निर्देशक डा. नीलवेयर र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष विमलकुमार टण्डनले आइतबार सो अस्पतालको शिलान्यास गरे । नेपालमा कान स्वास्थ्य सेवामा महत्वपर्ूण्ा योगदान पुर्याउनु भएका स्व. लक्ष्मीनारायण श्रीवास्तव र स्थानीय फत्तेवाल आँखा अस्पतालको स्थापनामा विशेष भूमिका निर्वाह गर्नुभएका समाजसेवी स्व. कृष्णगोपाल टण्डनको स्मृतिमा अस्पताल निर्माण गर्न लागिएको हो । आगामी दर्ुइ वर्षभत्र निर्माण सम्पन्न हुने यसबाट नेपालका मात्र नभई छिमेकी राष्ट्र भारतका बिरामीसमेत लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार