विज्ञान विषयमा चार वर्षो स्नातक सुरु

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यसै वर्षेखि विज्ञान विषयमा चार वर्षो स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको शिक्षालाई समयानुकूल र गुणस्तरीय बनाउने लक्ष्यका साथ विज्ञान सङ्कायतर्फयसै वर्षेखि चार वर्षो स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याइएको हो । त्रिविले यसै वर्षेखि सुरु गरेको विज्ञान विषयतर्फो चार वर्षो स्नातक तहको पहिलो वर्षो पाठ्यक्रम तयार भई कक्षासमेत सञ्चालन भइसकेको र अन्य वर्षो पाठ्यक्रम पनि यही चैत महिनाभित्र ल्याइसक्ने गरी तयारी गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयका सहायक डिन चेतराज भट्टले जानकारी गराए । त्रिविले विज्ञान विषयबाट थालेको चार वर्षो स्नातक तहको कार्यक्रम सबै सङ्कायमा लागू गर्न तयारीसमेत गरिरहेको छ । सहायक डिन भट्टका अनुसार विज्ञान विषयअर्न्तर्गतका केन्द्रिय विभागका प्रमुखहरूको अध्यक्षतामा गठन हुने विषय समितिले पाठ्यक्रमको संरचना तयार गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]