अस्थायी शिक्षक आन्दोलनमा
काठमाडौँ । अस्थायी शिक्षक संर्घष्ासमितिले शिक्षक सेवा आयोगले भेदभाव गरी स्थायी पदपर्ूर्तिको प्रक्रिया अघि बढाएको भन्दै एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्नेलगायतका आन्दोलन घोषणा गरेको छ । आयोगतले २०६३ साल वैशाख १० गतेसम्म अस्थायी नियुक्ति पाएका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी विज्ञापन खोलेको थियो । आयोगको परीक्षा आगामी जेठ ९, १० र ११ गते हुँदैछ । हाल सामुदायिक विद्यालयमा करिब १७ हजार शिक्षक अस्थायी सेवामा कार्यरत छन् । पत्रकार सम्मेलन गरी संर्घष्ा समितिका अध्यक्ष रामचन्द्र अधिकारीले आफूहरूलाई पनि समान प्रक्रियाको आन्तरिक परीक्षामा सहभागि हुने मौका दिइयोस् भन्ने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । घोषित आन्दोलनका कार्यक्रमअनुसार आगामी आगामी २०७० वैशाख ८ र ९ गते सिंहदरबार अगाडि धर्ना र जुलुस गर्ने, एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्ने, यी विरोधका कार्यक्रमपछि पनि माग पूरा गर्नेतर्फसुनुवाइ नभए २०७० वैशाख १५ देखि शैक्षिक हड्ताल गरिने समितिले जनाएको छ । समितिका महासचिव आशुतोष तिवारीले आफूहरूले माग पूरा गराउन सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेको बताए ।