कक्षा १२ को परीक्षा सुरु

२०७० बैशाख १७ गते, मंगलवार

काठमाडौ, । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
वैशाख २९ गतेसम्म संचालन हुने परीक्षामा यसवर्ष देशभरबाट तीन लाख ९८ हजार ११५ जना परीक्षार्थी सहभागी हुने उच्चमाध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी गरी ३० हजार जना खटाइएको परिषद्ले जनाको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा अनिवार्य वैकल्पिक संस्कृत विषयको परीक्षा भइरहेको छ । परीक्षाका लागि तीन हजार ५९६ विद्यालयमा ९३२ परीक्षा केन्द्र तोकिएको छ ।
यसपटकदेखि परीक्षार्थी तथा निरीक्षक सबैलाई परीक्षा अवधिभरका लागि मोबाइल पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार