अबैद्य बिद्यालय बन्द गर्ने सहमति

२०७० बैशाख १९ गते, बिहीबार


बर्दघाट -कक्षा संचालन अनुमति बिना संचालन भएका निजी बिद्यालयहरुमा तालाबन्दी गरेको नेकपा– माओवादी निकट अखिल क्रान्तिकारी र जिल्ला शिक्षा कार्यालयबीच बिहीबार अबैद्य बिद्यालय बन्द गर्ने सहमति भएको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीको पहलमा बिहीबार बर्दघाटमा भएको सरोकावालाहरुको सर्बपक्षीय छलफलमा जिल्ला शिक्षा कार्यालय र अखिल क्रान्तिकारी बीच ४ बुदें सहमति भएको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा अखिल क्रान्तिकारीका नेताहरु , प्याब्सन, एनप्याब्सन, नेपाल राष्ट्रिय अभिभावक संघ लगायत सरोकावाला संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी भएको छलफलबाट उक्त सहमति भएको हो ।
छलफलमा सहमति भए अनुसार कुनै पनि कक्षाको अनुमति नलिइ संचालन भएका बिद्यालय तुरुन्त बन्द गर्ने र तल्लो कक्षाका अनुमति लिइ संचालन भएका तर माथिल्लो कक्षा अनुमति नलिएकाहरुको नियम सम्मत प्रक्रिया अघि बढाउने र अनुमति नलिइ संचालन भएका बिद्यालयलाई बन्द गर्नआब्हान गर्ने र अटेर गरेमा प्रशासन लगाएर बन्द गराउने सहमति समेत भएको छ ।
त्यसैगरी जिल्ला शिक्षा कार्यालयले अबैध बिद्यालय बन्द गर्ने सहमति भएपछि अखिल क्रान्तिकारीले आन्दोलन स्थगित गरेको जिल्ला अध्यक्ष अशोक ज्ञवालीले बिज्ञप्ति निकालेर जानकारी दिएका छन ।
आजैबाट अबैध बिद्यालय बन्द गर्ने प्रतिबद्धता जिल्ला शिक्षा कार्यालयले गरेपछि आन्दोलन स्थगित गरेका हौ –क्रान्तिकारीका जिल्ला अध्यक्ष अशोक ज्ञवालीले भने –सात दिन भित्र अबैध बिद्यालय बन्द नगरे कडा संर्घषमा उत्रिन्छौ ।छलफलमा जिशिअ टेक बहादुर थापा उपसचिव हेम राज अर्याल प्याब्सन नवलपरासीका अध्यक्ष भिमलाल अधिकारी एनप्याब्सनका अध्यक्ष कृष्णप्रसाद घिमिरे,क्रान्तिकारीका अशोक ज्ञवाली,रमेश बस्याल, बोल्गा नेपाल, अभिभावक संघबाट चुडामणि भण्डारी बलबहादुरकेसी लगायत सहभागी रहेका थिए । – रबि शर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार