मानसिक रोगीको उपचार गर्न अनुमति लिनुपर्ने !
काठमाडौं,– चीनमा मानसिक रोगीलाई उपचार सुरु गर्नुअघि उनीहरुको सहमति लिनुपर्ने व्यवस्था सहितको ऐन कार्यान्वयनमा ल्याइएको छ ।गएको अक्टुबरमा चीनको एघारौं नेशनल पिपुल्स कांग्रेसले पारित गरेको यस्तो ब्यवस्था सहितको ऐन लागू भएको हो ।ऐनले गम्भीर प्रकृतिको मानसिक रोग तथा बिरामीले आफैलाई या अरु व्यक्तिलाई हानी पुर्याउन सक्ने अवस्थामा बाहेक एक रात या बढी समय सम्म उपचार गराउनुपर्ने भएमा बिरामीको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तो उपचार सेवा उनीहरुले स्वेच्छाले मात्रै लिनेछन् । ऐनले स्वास्थ्य संस्थाहरुले बिरामीको डिस्चार्ज हुन पाउने मागको सम्मान गर्नुपर्ने व्यवस्था पनि गरेको छ । ऐन अनुसार मानसिक रोगीको गरिमा, व्यक्तिगत सुरक्षा या सम्पत्तिमाथि कुनै पनि हस्तक्षेप गर्न पाईनेछैन ।स्वास्थ्य संस्था तथा व्यक्तिले उनीहरुको कर्तव्य पालनाका लागि बाहेक अरु प्रयोजनका लागि मानसिक रुपमा असक्त व्यक्तिको गोपनीयता कायम गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।