शिक्षकले परीक्षामा विद्यार्थीको जस्तै कडाइ भोग्नुपर्ने

२०७० जेष्ठ ६ गते, सोमबार


काठमाडौं । शिक्षक सेवा आयोगले आउँदो ९, १० र ११ गते लिने स्थायी शिक्षकको लिखित परीक्षाका लागि कडाइ गर्ने भएको छ । स्कुले विद्यार्थीलाई जाँचमा कडाइ गर्ने शिक्षकहरुले आफ्नो परीक्षामा पनि त्यस्तै कडाइ भोग्नुपर्ने भएको छ । १७ वर्षपछि खुलेको स्थायी शिक्षकका लागि कार्यरत शिक्षकले पनि आवेदन दिएका छन् । सबै जिल्ला शिक्षा कार्यालय र परीक्षा समन्वय समितिलाई निर्देशन पठाएर आयोगले परीक्षामा कडाइ गर्न निर्देशन दिएको छ ।नक्कली परीक्षार्थी र अरु अमर्यादित क्रियाकलाप रोक्न निर्देशिकामा कडा व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगको परीक्षा सम्बन्धी निर्देशिकामा परीक्षा सुरु भएपछि परीक्षार्थी परीक्षा हलबाट बाहिर शौचालय गएमा ऊ परीक्षा हलमा प्रवेश नगरेसम्म निगरानी राख्नुपर्ने उल्लेख छ ।
यस्तै परीक्षाकेन्द्र र परीक्षा हलमा प्रतिबन्धित सामग्रीहरु (चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि) लैजान नदिने र कसैले लुकाई छिपाई लगेको पाइएमा परीक्षाबाट निश्काशन गरिने उल्लेख छ । कुनै परीक्षा केन्द्रमा अनियमित काम भएको पाइएमा अनियमितताको प्रकृति हेरी सो केन्द्रका केही वा सबै परीक्षार्थीको परीक्षा रद्द गर्न सिफारिस गर्ने व्यवस्था पनि गरिएको छ ।
परीक्षामा अनियमित काम गर्ने परीक्षार्थीलाई ६ महिनासम्म कैद र एकलाख रुपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ । यस्ता परीक्षार्थीलाई एकदेखि पाँच वर्षसम्म आयोगले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने आयोगले जनाएको छ । आयोगका अनुसार कुनै स्थायी शिक्षक आफू स्थायी भएकै पदमा उम्मेदवार भई परीक्षा दिएको भेटिएमा विभागीय कार्वाही गरिनेछ ।
यस्तै परीक्षार्थीहरुलाई प्रतिवन्धित सामग्रीहरु, जस्तै चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि परीक्षाकेन्द्रभित्र लैजान नपाइने व्यवस्था गरिएको छ । अन्य परीक्षाकेन्द्रका परीक्षार्थी आफ्नो केन्द्रमा परीक्षा दिन आएमा त्यस्ता परीक्षार्थीहरुलाई परीक्षामा सामेल नगराउने र लिखित परीक्षामा परीक्षार्थीलाई क्याल्कुलेटर प्रयोग गर्न नदिने पनि आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार