आज विश्व धूमपान दिवस
 
                काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिकले सूर्तिरहित स्वस्थ जीवन पद्धति, सुस्वास्थ्य र दीर्घायुका लागि सबैमा शुभकामना व्यक्त गरेका  छन  ।विश्व धूमपान दिवसका अवसरमा आज सन्देश दिँदै उनले धूमपान, प्रदूषणमुक्त वातावरण जीवनयापन गर्न पाउने हरेक व्यक्तिको मौलिक अधिकार सुनिश्चित गरी सूर्तिजन्य पदार्थको प्रभावकारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका  छन  ।नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइएको छ ।
संगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले धुपमान अर्थात चुरोट बिँडीको मात्रै प्रयोग गर्ने पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट ग्रामीण क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली रहेको देखाएको छ ।

 
                 
                             
                             
                         
                         
                        