एसएलसीको परीक्षाफल प्रकासित हुदै

२०७० जेष्ठ २८ गते, मंगलवार

२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९ को नतिजा आज प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न एसएलसी बोर्ड बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने बारेमा छलफल हुनेछ । आजको बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका परीक्षार्थी, निरिक्षक, उत्कृष्ट केन्द्राध्यक्षलाई दिइने पुरस्कार र गेसमार्कको मापदण्ड लगायतको बारेमा छलफल हुने छ ।नतिजा प्रकाशनको पूर्व तयारी भइसकेको भन्दै परीक्षा नियन्त्रकले बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरे आजै प्रकाशन गर्ने सम्भावना बढेको बताएका छन् । प्रवेशिका परीक्षा अर्थात २०६९ को एसएलसीमा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले यसअघिनै जानकारी गराइसकेको छ ।
यसैबीच , परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार