एसएलसि परिक्षाको नतिजा सार्वजनिक, ४१.५ प्रतिशत पास
 
                
जेठ २८, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा २०६९ को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले आफ्नो वेवसाइटमा नतिजा राखेर परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ४१.५ प्रतिशत उतीर्ण भएका छन् । यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np,  शिक्षा विभागको www.doe.gov.np   परीक्षा नियन्त्रण कार्यालयकोwww.soce.gov.np, नेपाल टेलिकमको slc.ntc.net.np   बाट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ 

 
                 
                             
                             
                         
                         
                        