राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दमा तेश्रोलिंगीको धर्ना

२०७० जेष्ठ २९ गते, बुधबार

काठमाडौं, जेठ २९ – एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकूमा धर्ना दिएका छन् ।केन्द्रले सम्झौता अनुसारको रकम नदिँदा ९ महिनादेखि तलव नपाएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । केन्द्रले एचआइभी संक्रमण हुन नदिन, संक्रमितको हेरचाह लगायत सेवाका लागि दिने भनेको रकम निकासा नगर्दा ३ सय ५० जना कर्मचारीले ९ महिनादेखि तलब नपाएको नील हिरा समाजले जनाएको छ ।केन्द्रले समाजको नविकरण भएको २४ घण्टा भित्र रकम निकासा गर्ने शर्त राखेपनि समाजको नविकरण भएको हप्ता दिन वित्दा समेत रकम निकासा नभएकाले धर्ना दिनु परेको समाजले जनाएको छ ।
तर राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले भने सम्झौता भइसकेपछि अर्थमन्त्रालयले बजेट कटौती गरेका कारण सम्झौता अनुसारको रकम निकासा गर्न नसकेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार