शिक्षामा लगानी बालुवामा पानी

२०७० जेष्ठ ३० गते, बिहीबार

काठमाडौ ,सरकारले विद्यालय तहको शिक्षामा बाषिर्क ६५ अर्ब रुपैयाँ लगानी गर्दै आए पनि प्रतिफल भने सोअनुरुप प्राप्त हुन सकिरहेको छैन् । पछिल्लो समयमा एसएलसी परीक्षाको उर्त्तीण दर घटेपछि झनै शिक्षामा गरिँदै आएको लगानीबारे प्रश्नचिह्न खडा भएको छ ।
मंगलबार प्रकाशित २०६९ सालको एसएलसी परीक्षामा ४१ दशमलव ५७ प्रतिशत उत्तीर्ण भए पनि त्यसमा ठूलो हिस्सा निजी विद्यालयको छ । लगानीअनुरूपको प्रतिफल आउन नसकेपछि सामुदायिक विद्यालयका नाममा सरकारले गर्ने गरेको खर्चको पुनर्मूल्यांकन हुनुपर्नेबारे बहस सुरु भएको छ ।
एसएलसी परीक्षामा सामुदायिक विद्यालयको घट्दो उत्तीर्ण दरलाई गम्भीरतापूर्वक लिँदै यथाशक्य चाँडो त्रुटि पहिल्याई अघि बढ्नुपर्ने शिक्षाविद्हरूको सुझाव छ । सामुदायिक विद्यालयका शिक्षकहरू पठनपाठनमा भन्दा राजनीतिक दलका कार्यकर्ताझैं देखिएकाले पनि शैक्षिक स्तर माथि उठ्न नसकेको उनीहरूको ठम्याइ रहेको राजधानी दैनिकमा खबर छ । शिक्षामा विनियोजन हुने कुल बजेटमध्ये ८५ प्रतिशत विद्यालय तहमै खर्च हुने गरेको छ । ‘१० वर्षमा साढे ५ खर्ब लगानी भएको छ,’ शिक्षाविद् डा. मनप्रसाद वाग्ले भन्छन्, ‘तर, लगानीअनुरूप प्रतिफल आउन सकेन, त्यसैले अब सोच्नुपर्ने बेला आएको छ ।’
२०६५ सालयताका एसएलसी परीक्षाको नतिजा केलाउने हो भने उत्तीर्ण दर झन्झन् घटिरहेको छ । २०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण भएकोमा त्यसपछिका वर्षमा घट्दैघट्दै २०६९ सालसम्म आइपुग्दा ४१ दशमलव ५७ मा झरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार