ललितपुरका सबै बिद्यालय बन्द

२०७० असार ५ गते, बुधबार

ललितपुर , ५ असार । अखिल नेपाल शिक्षक संगठनको आह्वानमा आज ललितपुर जिल्लाका सबै बिद्यालयहरु बन्द गरिएका छन् ।ललितपुरमा सञ्चालित डिएभी स्कुलका शिक्षकमाथि कुटपिट भएको भन्दै अखिल नेपाल शिक्षक संगठनले बन्दको आह्वान गरेको हो । आन्दोलित शिक्षकहरुले बिद्यालयको व्यवस्थापन पक्षकै कारण शिक्षकहरुमाथि हातपात भएको आरोप लगाएका छन् । बन्दका कारण बिहानी शिफ्टका धेरैजसो बिद्यालय तथा कलेजमा पठन पाठन हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु