बृहत शैक्षिक मेला हुँदै

२०७० असार १३ गते, बिहीबार

काठमाडौं, असार १३ – १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आजबाट बृहत शैक्षिक मेला शुरु हुँदैछ ।
मेलाको आयोजना नेपाल शैक्षिक परामर्श संघ इक्यानले गरेको हो । विदेशमा पढ्न चाहने विद्यार्थीलाई पूर्व जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको इक्यानका संयोजक विष्णुहरी पाण्डेले बताए ।
मेलामा उच्च शिक्षा र अवसरको खोजीमा रहेका विद्यार्थीलाई उचित परामर्श र सम्बन्धित ठाउँका बारे जानकारी दिने उनले बताए ।मेलामा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ । शैक्षिक मेलामा १ सय ८१ स्टल र २७ पेभेलियन राख्ने तयारी छ ।४ दिनसम्म चल्न मेलाको बिहीबार विहान ११ बजे एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार