आशिन मियाँ : सप्तरीका जयपृथ्वीबहादुर – नन्दलाल आचार्य

राणा शासनको अध्यारो युगमा जन्मेर र उज्यालो र्छर्दै नेपालीहरूलाई राणाहरूको कर्तुत विरुद्ध सङ्र्घष गर्न परोक्षरूपले प्रेरित गर्ने जयपृथ्वीबहादुर सिंह नेपाल र नेपालीका लागि शिक्षाका ज्योति हुन् । न्याय र प्रजातन्त्रका हिमायती हुन् । सगरमाथा मन भएका युगपुरुष हुन् । संस्कारगत हिसावले सामन्ती भए पनि व्यवहारमा लेस जति पनि नदेखाउने महान् व्यक्ति हुन् । जनताकै सुखमा खुशी हुने अलौकिक महापुरुष हुन् । उनीजस्ता र्सवस्व जनतालाई सुम्पने मानिस यस युगमै दर्ुलभ हुन्छन् । बझाङले त्यस्ता दुलभ मानिसलाई जन्म दियो र नेपालीलाई धन्य तुल्यायो । त्यस्तै युग बदलिए पनि सोच नबदलिएको यस घडीमा शिक्षा क्षेत्रमा अर्का दुलभ मानिसको जन्म सप्तरी जिल्लाले गरेको छ । उनी हुन्- सप्तरी, राजविराज-२ निवासी ६४ बषिर्य आशिन मियाँ । नगरपालिका क्षेत्रभित्र भए पनि शिक्षा लिनु भनेको समय बर्वाद गर्नु मात्र हो भन्ने सामाजिक सोचले जरा गाडेको राजविराज-२, चनौरा गाउँका पिछडिएका समुदायमा शिक्षाको ज्योति र्छन तन, मन र धनले समर्पित शैक्षिकयोद्धाका रूपमा मियाँ परिचित छन् । उनको मुखबाट हर्दम एकै किसिमको आवाज सुन्न पाइन्छ- ‘मेरो प्रत्येक श्वासमा नेपाली सुवास छ । मेरो नशा-नशामा स्वाभिमानी खुन दगुरी रहेको छ । मेरो आस्था र विश्वास आजको युगलाई झलमल पार्ने छ । मैले भोगेको अज्ञानता, अभाव र अन्यायको दर्ुर्दिन यस पिढीँले भोग्न नपरोस् भन्ने दृढ चाहना छ । कर्ममा विश्वस्त छु । म मैले सुरुआत गरेको शिक्षामन्दिरलाई उच्च मा.वि. नबनाई अल्लाहको प्यारो बन्दिनँ । मैले जे कुरामा आजसम्म विश्वास गरेँ, त्यो कहिल्यै विफल भएको छैन । मलाई चाहिँ पत्यार पनि छ, यसै समाजमा कसै-कसैलाई अपत्यार पनि छ । कतै कसैको मजबुत हात पाएको छु, कतै सह्राहना गर्न लायक साथ भेटेको छु । म एक्लो पनि छैन । जम्माजम्मी १४७ जना विद्यार्थी बच्चाहरू मेरो अभियानमा पंक्तिबद्ध भएर जुटेका छन् । तिनीहरूमार्फ् नै म ज्ञानको उज्यालो समाज भरि र्छर्दै बाँचेको छु । श्वास रहेसम्म यसरी नै बाँच्ने धोको छ । श्वास सिद्धेका दिन पनि यसै शिक्षा-मन्दिर वरपरकै धर्तीमुनि बस्ने मन छ ।’ आशिन मियाँका यस्ता अभिव्यक्ति सुन्दा मदरसा आशिनियाँ दारुल उलुम राजविराज-२, चनौरा नामक शिक्षा मन्दिर निर्माणकै लागि धर्तीमा जन्म लिएका हुन् कि भन्ने लाग्छ । सबैको जनसहभागिता जुटाउन प्रयत्नरत् मियाँले अहिलेसम्म आफ्नै लगानी र अगुवाईमा भवन निर्माण गरेर शिक्षादीक्षा दिँदै आएका छन् ।
ज्ञानको उज्यालो र्छर्नुको अर्थ उज्यालोको खेती गर्नु हो भन्ने उनले बुझेका छन् । समतामूलक समाज निर्माणमा सानो इँट थप्न सकेँछु भने म आफ्नो जन्मलाई सफल ठान्दछु भन्ने अभिव्यक्ति दिने मियाँको बाहिरी भौतिकरूप जति सुकिलोमुकिलो देखिन्छ, भित्री मन पनि उत्तिकै कञ्चन भेटिन्छ । जयपृथ्वीबहादुर सिंहले राणा शासक चन्द्रशमसेरबाट तिरस्कार पाएझैं मियाँले पनि कतिपय विद्वान् कहलिएका समाजका महापुरुषबाट अविश्वास पाएका छन् । त्यसबाट हत्तोत्साहित भएर हैन, खबरदारी सम्झेर अझ दृढताका साथ कर्मपथमा एकोहोरिएका छन् । हर्दम शैक्षिक संस्थाकै चिन्तामा व्यग्र हुने गर्दछन् । अरू नाफाका लागि दिलोज्यान दिन्छन्, उनी भने गुणात्मक वुद्धिका लागि कटिबद्ध छन् । निस्वार्थ समाजसेवा नै उनको एक मात्र अभीष्ट देखिएको छ । आफ्नो दुःखदायी जीवन कहानी बारे आशिन मियाँ थप्छन्- ‘सातमास मात्रै पुगेर जन्मेका मेरा पिताजी दुःखन मियाँ परिवारको एक्लो सदस्य हुनुहुँदो रहेछ । हजुरआमालाई ‘एकटा बेटा के बेटा आ एकटा टका के टका’ भनेर दुनियाँले भनेछन् । दोस्रो विवाह गर्न उक्साउने लक्ष्यस्वरूप त्यसो भनिएको रहेछ । पिता गर्भमै छँदा हजुरबुवा अल्लाहकहाँ स्याहाश्रेस्ता बुझाउन निस्कनु भएको रहेछ । त्यसैले अर्को सन्तानको कुनै गुञ्जाइस् थिएन । यही एक छोराबाट म घरभरि सन्तान भएको हेरेर मात्र मर्छुुन्ने कुरामा उहाँ विश्वस्त हुनु भएछ । नभन्दै ठेलिया गाविस, गोरपारमा काकाकाकीको संरक्षणमा रहनुभएकी हाम्री माताजी भदलोसँग उहाँले विवाह गर्नुभएछ । जेठो सन्तानको रूपमा म वि.सं. २००६ सालमा जन्मेँ । म पछि ३ भाइ र ३ बहिनीले पनि जन्म लिए । घरभरि सन्तान हुँदा हजुरआमाको सपना र जपना पूरा भयो ।’
धनविनाको परिवारमा एकएक गर्दै सदस्यहरू थपिँदा आर्थिक दुरावस्थाले गाँज्नु स्वभाविकै थियो । आशिनको परिवारमा पनि त्यही भयो । दुःखले चारैतिरबाट गाँज्न थाल्यो । कमाउने हात कम र खाने मुख धेरै भए पछि आर्थिक दुरुवस्थाले गाँज्नु स्वभाविक थियो । उमेर पुगेपछि उनले गाउँकै मदरसामा मौलवी -शिक्षक) राखेर पढे । प.वि.मा.वि., राजविराजबाट कक्षा ८ उत्तीण् गरे । भाइबहिनीको लालनपोषणमा ध्यान पुर्याउन वाध्य हुनु परेकोले पढाइलाई अधुरो छाडेर उनी सलाई कारखानामा मजदुरी गर्न थालेँ । त्यसले पनि नपुगेर मिल मजदुर भए । पछि गाडीको खलासी हुँदै गुरुजी कहलाउन पनि सफल भए । ट्याक्टर, ट्रक, दिवा बस हुँदै उनको गुरुजी कर्म नाइट बस चालकसम्म पुग्यो । जाँड-रक्सी नखाने र होसियारीका साथ गाडी हाँक्ने बानी भएकाले उनी चालक भएको गाडीमा नै यात्रुहरू यात्रा गर्न रुचाउँथे । उनी सम्झँदै भन्छन्-‘मैले गाडी चेन्ज गरिरहनु परेको तीतो अनुभव छ । म जहाँ पुग्थेँ, सबैको भलो हुन्थ्यो । मैले जागिर छाड्न विवश भए पछि भने मालिकहरूको जययात्रामा विराम लागेको पाएको छु । म लोलोपोतो गरेर मालिक रिझाउने पात्र नभई स्वाभिमानी शिर उच्च पारिरहने नेपाली मुसलमानको बच्चो भएकोले म कसैले दबाउँदैमा दबिन मान्दिनथेँ । जीवनको उतारचढावलाई मैले सहर्षपचाउँदै दर्ुइचार पैसा कमाउँदै गएँ । अल्छी कुन चराको नाम हो भन्ने मलाई थाहा थिएन । गरिवीको रापले सेकिएर मलाई इस्पात बनाएको थियो ।’
उनी आफ्नो सीपको सदुपयोगबाट नै नौलो संसार रचना गर्न चाहन्थे । दु.खको स्वाद चाखिसकेकोले सुखको सुवास लिन रुचाउथे । सबै खाले चाहना पूरा हुन सम्भव पनि छैन । धर्मपत्नीलाई पित्तमा पत्थरी भएको थाहा पाए पछि भने उनी साह्रै विचलित भए । पत्नीविनाको जीवनको कल्पना नै गर्न नसक्ने अवस्थामा पुगेका उनी बनेपा हस्पिटलमा पत्थरीको इलाज हुन्छ भन्ने थाहा भएपछि भने ठूलो छाती पार्न सके । धर्मपत्नीको उपचार्रार्थ बस मालिकसँग पकाइसकेको तलब मागे । मालिकले आलटाल गरेको देखेर आवेगमा आएर उनले भनेका थिए- ‘हेर्नुस् मालिक ! तपाईंको कारणले मेरी पत्नीको ज्यान तलमाथि भयो भने म गाडीसहित त्रिशुलीमा आत्मदाह गर्दिन्छु । उनीविनाको जीवन मैले कल्पना गरेको छैन ।’ आवेशमा जे भने पनि जीवनका लागि जुध्नु नै थियो । उनले जुधे पनि । र, जिते पनि । पत्नीलाई मृत्युको मुखबाट बचाए तर खाइपाई आएको जागिर भने चट भयो । सुखमा हाईहाई, दुःखमा बाईबाई गर्ने मालिकहरूको रवैयाबाट हुनसम्म वाक्कदिक्क भए ।
बुढ्यौलीले छुँदै गए पछि एक दिन उनी मुस्लिम धर्मको इस्तमा -प्रवचन) सुन्न गए । त्यहाँ जीवन जिउने नौलो उपाय थाहा पाए । मान्छे मरेर केही लिएर जाँदैन । मात्र आफ्नो इमान, आफ्नो धर्म, अल्लाहको भक्ति लिएर जान्छ भन्ने कुरा थाहा पाए । भैंसी बेचेर खर्च जुर्टाई चार महिने इस्लाम ज्ञान सिकाइ मार्गमा भारततिर लागे । चार महिनाको भारत बसाइमा उनले धेरै ज्ञानगुनका कुरा सिके । त्यसपछि भने उनी मान्छे गुडाउने चालक नबन्ने निर्ण्र्ााा पुगे । शिक्षा आर्जन गर्न सकिएको भए आफ्नो जन्मर्/कर्म धर्ती नेपालको समुन्नतिमा केही योगदान गर्न सकिन्थ्यो कि भन्ठानेका मियाँको मनमा शिक्षाप्रति अनुराग बढेर गयो । फलतः आफ्नै निजी लगानीमा वि.सं. २०६६ सालमा सरकारी स्कूल खोले जसको नाम जुराइयो- मदरसा आशिनियाँ दारुल उलुम राजविराज-२, चनौरा । सरकारी स्तरबाट शिक्षक व्यवस्थापनका लागि एक लाख अठसठ्ठी हजार वर्षोनी प्राप्त हुन थालेपछि भने उनले केही सहज अनुभूति गरेका छन् ।
हाल सरकारबाट प्राप्त रकमा थपथाप पारेर तीन शिक्षक र एक पियनलाई जागिर दिलाएको छन् । त्यसमा उर्दू र फारसी १००/१०० पूर्णाङ्कको समेत पढाइ हुन्छ । बुढेसकालमा अहिले पनि उनी रातोदिन विद्यालयको पछि लागेका छन् । जिल्ला शिक्षा कार्यालय सप्तरीले ट्वाइलेट बनाउने खर्च दियो । आफैं खटेर मजबुत किसिमको दुइ कोठे ट्वाइलेट निर्माण गरे । अहिले विद्यार्थीहरूको चापलाई ख्याल गर्दै नयाँ पक्की भवन बनाइरहेका छन् । उनको उक्त मदरसा आशिनियाँ दारुल उलुम स्कूललाई उच्च मा.वि. बनाउने धोको छ । अहिलेसम्ममा उनले विद्यालयको नाममा दर्ुइ कठ्ठा आधा घूर जग्गा दिएका छन् । पछि आवश्यकता परेमा अरू थप्ने योजनामा छन् । बाँचुञ्जेल विद्यालय विकासमा समर्पित हुने र मरेपछि पनि विद्यालय सेरोफेरोमा नै समाधीस्त हुने उनको भित्री इच्छा छ ।
त्यस विद्यालयमा भवन, फर्निचर, बाटोघाटो, पुस्तक, पोशाक आदिको व्यवस्थापनमा कमी छ । विद्यार्थी चापलाई समेट्न जनशक्ति व्यवस्थापनमा अभाव छ । शैक्षिक जागरणलाई सफल पार्न हिन्दू-मुस्लिम-बौद्ध-क्रिस्चियन आदि सबै समूदायलाई एक साथ समेट्न खोजेका छन् । सबै वर्ग/समुदाय अट्न सक्ने र अटिरहेको पवित्र थलोको रूपमा विकास गरिरहन्ो उनको सपना छ । समयको माग र समाजको आवश्यकताअनुसार जन्मिसकेका विद्यालयलाई हर्ुकाउनु, फुलाउनु र फलाउनु सबैको कर्तव्य हुन गएको छ ।
सेतै फुलेको वयोवृद्ध काया लिएर आसिन मियाँ लोकोपकारी कार्यमा जुट्छन् । नेपाली मुसलमान भन्न रुचाउने उनी मैथिली कलासंस्कृति र भाषाभेषभूषामा गर्व गर्दछन् । मैथिली भाषीप्रेमी मात्र नभई उनी मैथिली जनजागरण मञ्चका केन्द्रीय अध्यक्ष समेत हुन् । आफ्नै वरबुताले खुलेको नजिकको विद्यालयका विद्यार्थीलाई नास्ता खुवाउन प्रत्येक शुक्रबार आफैं जुट्छन् । आफ्नो आम्दानीको केही अंश दीनहिन असहाय बालबालिका, वृद्धवृद्धाका लागि र्समर्पण गर्नु आफ्नो सनातन धर्म ठान्दछन् । रातोदिन कर्मपथमा सरिक भइरहने मियाँ मुखले भन्नुभन्दा बढी कार्य गरेर देखाइदिन्छन् । मियाँ थप्छन्- ‘हामी मिले स्वर्गीय सुख कसैले छिन्न सक्दैन । हामी नाडी हौं । काम गर्ने थरीथरीका औंला छन् । ती औंला दर्बिला हुन नाडी दह्रो हुुनर्ुपर्छ । व्यक्तिभन्दा माथि उठेर समाजको र्सवाङ्गीण पक्षलाई नियाल्ने हो भने हामी सगरमाथाझैं अग्लिन सक्छौं । इश्वर-अल्लाह आफ्ना ठाउँमा छन् । मानव कल्याणको धर्म गर्नु नै इश्वर-अल्लाह प्राप्तिको श्रेष्ठ उपाय हो । हामी जतासुकै भौतारिए पनि गन्तव्यको राजमार्ग एकै छ । संसारको यस सृष्टिको एक उदाहरण बन्न मान्छे आतुर हुनुपर्छ । यसका लागि लोकोपकारी कार्यमा समय र साधन लगाउनुपर्छ । हाम्रो सानो योगदानले अरूले प्रोत्साहन भेट्छन् भने किन हामी नजुट्ने !’
जीवनको पर्ूवाद्धमा वैयक्तिक जीवन विताउनमा व्यस्त मियाँले मजदुर, चालक भएर जीवनरथ हाक्दाहाक्दै अहिले आएर विभिन्न संस्थामा आबद्ध भएर सप्तरीको भूमिबाट समाजसुधारको महाअभियानमा आफूलाई व्यस्त पारेका छन् । अहिले फुलटाइमर समाजसेवामा समर्पित मियाँको क्षेत्र निक्कै फराकिलो छ । उनी मदरसा समन्वय समिति सप्तरी जिल्लाका अध्यक्ष, मैथिली जागरण मञ्चका केन्द्रीय अध्यक्ष, मैथिली साहित्य परिषद्का केन्द्रीय सदस्य, मदरसा व्यवस्थापन समितिका जिल्ला अध्यक्ष, मदरसा बोर्डको शिक्षा विभागका केन्द्रीय सदस्यजस्ता र्सार्वजनिक सरोकारका विविध पदमा बसेर समाजको चौतर्फी सेवामा समर्पित छन् । उनी जहाँ बसे पनि हामी नेपाली हौँ र भौगोलिक पहिचानस्वरूप चिनिएका नागरिक हाँै भन्ने ठान्दछन् । उनको मधेसमा बस्ने सबै मधेसी, पहाडमा रहने सबै पहाडी र समग्रमा सबै नेपाली भन्ने र सोच्ने अनि व्यवहारमा लागू गर्ने बानी छ । नयाँ पुस्तालाई जीवनबोधका पाठहरू पढाइरहेका छन् ।
स्मरणीय कुरा के छ भने- मियाँ परिवारको सदस्य भए पनि उनी र उनको पारिवारिक संरचना मैथिलीकरण गरेर बाँचेको छ । वास्तवमा मानव सभ्यताको विकाससँगै भाषा, साहित्य, कला, संस्कृतिको विकास भएको हो । विचार विनिमयको सशक्त माध्यमको रूपमा भाषाको विकास भयो । युगीनजीवनलाई सशक्त रूपमा उतारी पुस्तान्तरण गर्ने अभिव्यक्तिस्वरूप साहित्यको जन्म भयो । आफूमा अन्तर्निहित भाव र संस्कार र्सार्वजनिक गर्ने माध्यमको रूपमा कला जन्मेर फैलने मौका पायो । मानवको जातिगत मौलिक पहिचान अक्षुण्ण राख्न सांस्कृतिक जगत्ले प्रशववेदना सह्यो । मानव सभ्यताको विकासमा यी चारवटै पक्षको आ-आफ्नै किसिमको मूल्य र मान्यता रही आएको छ । आशिन मियाँ सांस्कृतिक यौद्धाका रूपमा समेत परिचित छन् ।
लडाइँ, जनयुद्ध, आन्दोलन, क्रान्ति बम, बारुद र बन्दुकले मात्र हुँदैन भन्ने उनलाई थाहा छ । वास्तवमा भाषा, साहित्य, कला, संस्कृतिले समेत सशक्त भूमिका खेल्छ । विश्व इतिहासलाई नियाल्दा भोल्तेयरहरूको कलमले बौद्धिक क्रान्तिको रथ हाँक्यो र देशले काँचुली फेर्यो । खगेन्द्र सङ्ग्रौलाहरूको कलमले सशक्त बौद्धिक क्रान्तिको नेतृत्व सम्हाल्यो । कलामा पनि विचार परिवर्तनको भाव सञ्चार गर्न सकिन्छ । त्यस्ता कलाले प्राचीन, मध्ययुगीन र आधुनिक युगका आवाज र अपेक्षाहरू सम्बोधन र प्रतिबिम्बित गरिरहेका हुन्छन् । यसको अर्थ युगीन सोच, संस्कार, चालचलन र चाहनाको केन्द्रियतामा कलाकारिता फस्टाउनुपर्छ भन्ने स्पष्ट हुन्छ । कलाकारिताबाटै पनि निरङ्कुसताका पर्खालहरू चर्कनुपर्छ, जीण हुँदै भत्कनुपर्छ । भौतिक रूपले नेपालको एकिकरण भए पनि भावनात्मक रूपले नेपाली मन एक हुन सकेको छैन । राज्यकै मुढेबलका आधारमा जनतामा फाटो थियो, वितृष्णाको पहाड नै ठडिएको थियो । ती तगारा बनेका कराल पहाडहरू कोपर्ने र चर्काउने अनि भत्काउने काममा आशिन मियाँले सप्तरीको भूमिबाट महत्वपर्ूण्ा काम गरेका छन् ।
अन्त्यमा, नेपाल राष्ट्र्रका बासिन्दा नेपालीभित्र पनि भौगोलिकरूपमा विभक्त गर्दा हिमालमा बस्ने हिमाली, पहाडमा बस्ने पहाडी र मधेस/तर्राईमा रहने मधेसी/तर्राईवासी कहलिनुपर्छ । मानव हुने हैसियत र पहिचान बोकेका हामीलाई लैङ्गिक भेद गरिँदा नर र नारीमा चिनिनुपर्छ । हामी मधेसी, थारू, नेवार, र्राई, लिम्बु, मगर, सेपा, ब्राह्मण, क्षेत्री आदित्यादि विविध समुदाय धार्मिक र सांस्कृतिक संस्कारजन्य रूपमा विभक्त गर्दा नेपालीभन्दा बाहिरको देखिनुहुन्न । नाम के हो –नेपाली -चाहे नाम राम, श्याम, गीता, मीरा नै किन नहोस् ।) । जात के हो – -नेपाली -मण्डल, यादव, चौधरी, सतार, पौडेल, भट्टर्राई नै किन नहोस् ।) भेषभूषा के हो –नेपाली -चाहे दौरासुरुवाल, टोपी, कमेजसुरुवाल, गम्छी, साडी, बुका, धोतीकुथा नै किन नहोस् ।) पहिचान, पहिचान हो । एउटा पहिचानभित्र अनेकन् पहिचान लुक्नुपर्छ । सयौँ थुँगा फृ्लका हामी नेपालीहरू एउटै मालामा उनिएका कारणले नै र्सार्वभौम सम्पन्न भई हामी मेचीदेखि महाकालीसम्म फैलिएका छौँ । नेपालमा प्रकृतिले कोटीकोटी सम्पदाको आँचल फिँजाएको छ । वीरहरूका रगतले गर्दा नै यो देश स्वतन्त्र र अटल रही ज्ञानभूमि, शान्तिभूमि तर्राई, पहाड, हिमाल भनेर कहलिएको छ । यो प्यारो हाम्रो मातृभृ्मि नेपाल अखण्ड छ । बहूल जाति, भाषा, धर्म, संस्कृतिले गर्दा हाम्रो नेपाल विशाल छ । अग्रगामी राष्ट्र कहलिएको हाम्रो नेपालले अभ्यासका अनगिन्ती चरणहरू पार गरेको छ । चिन्तन र कार्य गराइमा नेपाली पन हुनुपर्छ । जन्मभूमि र कर्मभूमिको ऋणी भएको महसुस आम नेपालीमा बोध हुनुपर्छ ।
– लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी