घातक पेनकिलर

२०७० असार १९ गते, बुधबार

असार १९ – अमेरिकामा दुखाइ कम गर्ने औषधि पेनकिलरको मात्रा बढी भएर ज्यान गुमाउने महिलाको संख्यामा उल्लेख्य वृद्धि भइरहेको अध्ययनले देखाएको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अध्ययनमा सन् १९९० देखि २०१० सम्म पेनकिलरको मात्रा बढी भएर ज्यान गुमाउने महिलाको संख्या ४ सय प्रतिशतले बढेको उल्लेख छ ।
पेनकिलरको मात्रा बढी भएर ज्यान गुमाउने पुरुषको संख्या भने २ सय ६५ प्रतिशतले बृद्धि भएको छ । यो अवधिमा कुल ४८ हजार महिलाले ज्यान गुमाएको र सन् २०१० मा मात्रै ६ हजार ६ सय महिलाले ज्यान गुमाएको अध्ययनमा उल्लेख छ ।
ज्यान गुमाउनेमा ४५ देखि ५४ वर्ष उमेर समूहका महिला बढी छन् । डाक्टरले लेखिदिएको पेनकिलर सेवन गरेर महिलाको ज्यान जाने क्रम निकै बढेको केन्द्रका निर्देशक टम फ्रिडेनले बताएका छन ।यसलाई रोक्न सबैले पहल गर्नुपर्ने साथै विशेष गरेर चिकित्सकले औषधि लेखिदिनेबेला यसबारे सचेत हुनुपर्नेमा उनले जोड दिए ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार