आज विश्व जनसंख्या दिवस

२०७० असार २७ गते, बिहीबार

काठमाण्डौं, २७ असार । आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस , नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । यस बर्षको दिवसको नारा ‘किशोरावस्थामा गर्भाधान-सर्वाङ्गीण विकासमा व्यवधान’ तय गरिएको छ ।दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् । किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा किशोरावस्थामा हुने गर्भाधानमा जोड दिइएको छ ।दिवसका अवसरमा एक सन्देश दिदै राष्ट्रसंघका महासचिव वान की मुनले यौन तथा प्रजनन स्वास्थ्यको जानकारी दिदै मातृ स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने बताएका छन् । उनले गर्धाधानको विषयमा जागरुकता बढाउन पनि विश्व समुदायलाई अपिल गरेका छन्छ । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको छ ।विश्वमा दैनिक एक करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार