होस्टलमा लागू औषधको कारोबार
काठमाडौँ । प्रहरीले काठमाडौँको थट दीप व्वाइज होस्टेलबाट लागू औषधसहित २ जनालाई पक्रेको छ । पछिल्लो समय होस्टलहरुमा निगरानी बढाएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले बानेश्वरको संगमचोकमा रहेको होस्टलबाट १० ग्राम खैरो हेरोइनसहित नेपालगञ्जका मोहमद अहमद अन्सारी र कैलाली विकासपुरका निराजन शाहलाई पक्रेको हो । शाह विद्यार्थी र अन्सारी लागू औषध ओसार पसार गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । यस्तै ब्यूरोले हेटौडाका नागराज भन्ने राज लामा तामाङलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई बुप्रेनफिर्न २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुलसहित थापाथलीबाट पत्रको हो । २०६४ साल फागुनमा जेल परेका उनी दुइ वर्षछि रिहा भएका थिए । जेलबाट छुटेपछि फेरि प्रतिवन्धित औषधी ओसार पसारमा संलग्न लामा प्रहरीको खोजीको सूचीमा थिए ।