उच्च माध्यमिक शिक्षा परिषद्द्वारा छात्रवृत्तिमा मनपरी

२०७० श्रावण १ गते, मंगलवार

पोखरा, १साउन – उच्च माध्यमिक शिक्षा परिषद् पोखराबाट प्रदान गरिने छात्रवृत्ति वितरणमा अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।परिषद्ले छात्रवृत्ति दिँदा गरिब, जेहेन्दार तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वेवास्ता गरेको र कोटा अनुसारको छात्रवृत्ति नदिएको भन्दै अनेरास्ववियू र नेपाल विद्यार्थी संघले विरोध जनाएका हुन् ।उनीहरुले अख्तियारको छानबिनका परेका कर्मचारीको संलग्नतामा छात्रवृत्ति वितरणमा मनपरी भएको आरोप लगाएका छन् । उच्च माध्यमिक शिक्षा परिषद् पोखरा कार्यालयले सोमबार छात्रवृत्ति कोटामा परेका ४ सय ३० जनाको नाम सार्वजनिक गरेपछि, विद्यार्थीहरु अनियमितता भएको भन्दै आन्दोलित बनेका हुन् । उनीहरुले कार्यालय प्रमुखको राजीनामा माग समेत गरेका छन् ।
कार्यालयले गण्डकी र धौलागिरी अञ्चलभित्रका उच्च माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुबाट छात्रवृत्तिका लागि आवेदन मागेको थियो । गण्डकी धौलागिरीका १० जिल्लाका ९ सय २१ जना विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।
छनौट भएका विद्यार्थीलाई परिषद्ले आवेदन दिँदा इच्छाएको उच्च माविमा अध्ययनका लागि सिफारिस गर्ने परिषद्का कार्यालय प्रमुख रमेश अधिकारीले बताए ।छात्रवृत्ति कोटामा परेका विद्यार्थीले कक्षा ११ र १२ मा भर्ना शुल्क र मासिक शुल्कमा छुट पाउनेछन् । कक्षा ११ मा उत्तिर्ण नभएमा सम्बन्धित विद्यालयले छात्रवृत्ति खारेज गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार