मेरो छोराको ज्यान बचाईदिनोस् :कवितादेवी
काठमाडौं, साउन २ – महोत्तरीको साडा ३ का विशाल राउतको उपचारमा सहयोग गरिदिन उनको परिवारले याचना गरेका छन् । विशाल राउतको आमा कवितादेवीले पत्रकार सम्मेलनमा भनिन ‘टाउकाको वजन बढी भएकाले पछाडि ठूलो घाउ भएको छ, डाक्टरले घाउ निको नभै अप्रेशन हुँदैन भन्छन् हामीसँग अप्रेशन गर्ने पैसा पनि छैन, मेरो छोराको ज्यान बचाईदिनोस् ।’
हाईड्रो क्याफलस रोगले ग्रसित ११ महिनाका विशाल राउतको टाउको शरीरको तुलनामा अत्याधिक ठूलो छ ।राम रतन राउत र कवितादेवी राउतले आफ्ना छोरा विशालको खर्च अभावका कारण उपचार गर्न नसक्दा बच्चाको स्थिति नाजुक बन्दै गएको भन्दै सहयोगको याचना गरेका हुन्  । बालकको अहिले सिद्धी मेमोरियल अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।
विशालको उमेर अनुसार नर्मल ४० देखि ४५ सेण्टिमिटर हुनु पर्नेमा उनको टाउको अहिले ७५ सेण्टिमिटर ठूलो रहेको उपचारमा संलग्न डा. जितेन्द्र ठाकुरले जानकारी दिए  । जन्मेको दुई महिनाबाट बढ्दै गएको टाउकाको वजन अत्यधिक बढ्दै गएपछि उपचारको लागि तीन दिन पहिले सिद्धी मेमोरियल अस्पतालमा बच्चालाई भर्ना गरेको आमा कवितादेवीले जानकारी दिए ।

 
                 
                             
                             
                         
                         
                        